नेपाल शारीरिक शुगठन तथा फिट्नेस महासंघ तदर्थ समिति गठन, संयोजकत्वमा राजेशबाबु  श्रेष्ठ

Bhugolpark

१४ चैत्र, २०८०,०८:१३

ऐनको धारा २६ को दफा ५ को उपदफा ९४० मा परिषदमा दर्ता गर्दा एक खेलको लागि एकभन्दा बढी तथा एकै उद्देश्य वा समान नाम भएका एकभन्दा बढी संघ वा महासंघलाई दर्ता गरिने छैन भन्ने उल्लेख छ।

ऐनको दफा ६ को उपदफा ५ मा ऐन प्रारम्भ हुदाँको बखत एउटै खेलको लागि एकभन्दा बढी खेल संघ वा महासंघ गठन भएका रहेछन् भने ऐन लागू भएको मितिले तीन महिनाभित्र एउटै खेल संघ वा महासंघ गठन गरी दर्ताका लागि परिषद्ले जनाएको छ। 

परिषदको १ सय १३ औं बोर्ड बैठकले संघको विवाद समाधानका लागि उपाध्यक्ष शिव कोईरालाको नेतृत्वमा समिति गठन गरेको थियो । 

समितिले एकै प्रकृतिका दुई भन्दा बढी संघलाई छलफलमा बोलाएर विवाद समाधानका लागि प्रयास समेत गरेको थियो। समितिले सहमतीबाट श्रेष्ठको नेतृत्वमा तदर्थ कमिटी गठन गर्यो। 

समितिले विवादीत संघलाई सहमतीबाट समाधान खोज्न आग्रह गरेको थियो। बडिबिल्डिङमा राजेशबाबु श्रेष्ठ नेतृत्वको नेपाल बडिबिल्डिङ एन्ड फिटनेस संघ र तत्कालिन शिवलाल श्रेष्ठको नेतृत्वको नेप्लिज फेडेरेसन बडिबिल्डिङ एन्ड फिटनेस संघ अस्तित्वमा रहदै आएका थिए। 

तदर्थ समितिले  तीन महिनाभित्र साधारणसभा तथा निर्वाचन सम्पन्न गरीसक्नुपर्ने छ ।

च. नं. ६२१/०७९                                                मिति २०७९ पौंष ०५

श्री राजेशबाबु श्रेष्ठ

 अध्यक्ष

 नेपाल शारीरिक शुगठन तथा फिट्नेश महासंघ

 विषय: तदर्थ समिति गठन सम्बन्धमा ।

प्रस्तुत विषयमा राष्ट्रिय खेलकुद परिषदको मिति २०७९ भाद्र १५ गते बसेको ११३ बोर्ड बैठकले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २६ को उपदफा ५ र ६ मा व्यवस्था भए बमोजिम सम्बन्धि ऐनको व्यवस्था कार्यान्वयन गर्न र विवाद समस्याको समाधान हालसम्म पनि नभएको हुदा उक्त ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्न र खेलसंघ, महासंघमा भएका विवादसमस्या र समाधानको निरुपण गर्नका लागि राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष श्री शिव कोईराला ज्यूको संयोजकत्वमा सात सदस्यीय समिति गठन भई मिति २०७९ भाद्र २८ गते बसेको समितिको बैठकले नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ र नेपलिज फेरेशन अफ डिविल्डिङ्ग एण्ड फिट्नेश संघलाई आवश्यक छलफलका लागि पत्राचार गरिएकोमा मिति २०७९ आश्विन ०२ मा एउटै प्रकृतिका दुई वटा संघहरूसँग भएको बैठकको छलफलको निश्कर्ष अनुसार राष्ट्रिय खेलकुद परिषद्मा विगत समयदेखि दुई वटा एउटै प्रकृतिका दुई वटा संघ शारीरिक सुगठन तथा फिटनेश खेलको अस्तित्व कायम भएकोमा राष्ट्रिय खेलकुद परिषद्ले ऐन २०७७ लाई कार्यान्वयन गर्दै एउटै प्रकृतिका खेलहरूलाई समायोजन गरी एउटै खेल संघ बनाउने पहल स्वरूप यस शारीरिक सुगठन तथा फिट्नेश खेलसंघमा आबद्ध दुई वटा खेल संघलाई ऐन बमोजिम एउटै बनाई लैजानका लागि विगत समयमा भएका पहल एवं छलफल समेतका आधारमा उक्त खेलको विकास र विस्तारका लागि एउटै खेल संघ निर्माण गर्न, सोही अनुरुप अन्तर्राष्ट्रिय मान्यताका लागि आवश्यक पहल गर्ने र राष्ट्रिय खेलकुद परिषदमा हाल कायम रहेका एउटै प्रकृतिका नेपाल शारीरिक सुगठन तथा फिट्नेश संघ र नेपलिज फेडरेसन अफ बडिविल्डिङ्ग एण्ड फिटनेश संघका पदाधिकारीहरूको आपसी सहमति अनुसार परिषद्मा दर्ता नं १६५ को नेपलिन फेदेशन अफ बडिविल्डिङ्ग एण्ड फिटनेश संघको दर्ता खारेज गरी राष्ट्रिय खेलकुद परिषद्मा दर्ता नं कायम रहने गरी नेपाल शारीरिक सुगठन तथा फिट्नेश महासंघ नामाकरण गर्ने गरी राष्ट्रिय खेल संघ महासंघ विवाद समस्या समाधान निरुपण समितिको सिफारिस बमोजिम तपाईको अध्यक्षतामा देहाय बमोजिमको पदाधिकारीहरू तथा सदस्यहरु रहने गरी मिति २०७९ कार्तिक २४ को राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष एवं मानसिक युवा तथा खेलकुद मन्त्री स्तरीय निर्णयानुसार ३ (तिन महिना भित्र साधारण सभा तथा निर्वाचन सम्पन्न गर्ने गरी देहाय बमोजिमका पदाधिकारीहरु रहने गरी नेपाल शारिरीक शुगठन तथा फिट्नेस महासंघ तदर्थ समिति गठन भएको व्यहोरा जानकारी गराईन्छ ।

श्री राजेशबाबु श्रेष्ठ _अध्यक्ष

श्री नारायण प्रधान -उपाध्यक्ष

 श्री दिनेशकुमार राजभण्डारी- उपाध्यक्ष

 श्री दिनेश अमात्य -उपाध्यक्ष

श्री विजयलाल कायस्थ- उपाध्यक्ष

श्री रणबहादुर येथे- उपाध्यक्ष

 श्री अजय बज्राचार्य- महासचिव

श्री राजन श्रेष्ठ -सचिव

श्री राजेश उपाध्याय -कोषाध्यक्ष

 श्रीरुपेन्द्र -सदस्य

श्री पवन डंगोल- सदस्य

श्री दिनेश श्रेष्ठ -सदस्य

 श्री चन्द्रबहादुर मगर -सदस्य

श्री नविनमान उदास -सदस्य

श्री रेणुका श्रेष्ठ -सदस्य

य श्री भारती घले -सदस्य

श्री बाबुकाजी मानन्धर -सदस्य

श्री सितुप्रसाद श्रेष्ठ -सदस्य

 श्री रत्नलात मानवार -सदस्य

 श्री नरेश मल्ल- सदस्य

 श्री निर्मला मर्हजन- सदस्य

श्री केशव नागा- सदस्य

श्री रोशन मर्हजन- सदस्य

 श्री बलराम सुवेदी- सदस्य

 श्री वकिलमान उदास- सदस्य

 श्री सुजन नामा- सदस्य

श्री विनिता राई- सदस्य

बोधार्थ :

श्री युवा तथा खेलकुद मन्त्रालय सिंहदरबार, काठमाण्डौ ।

श्री प्ररिषद्को सचिवाल, रा.खे.प. ।

श्री विवाद समस्या समाधान, निरूपण समिति, रा.खे.प.

 श्री खेलकुद विकास विभागरा.खे.प. ।

श्री नेपाल ओलम्पिक कमिटी, सातदोबाटो, ललितपुर । (आवश्यक सहजिकरणका लागि)



177 Views

Comments