सप्तरी । सप्तरीको रुपनीमा मंगलबार बिहान टिपरको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि स्थिति तानवग्रस्त बनेको छ ।
रुपनी गाउँपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा ना१क ८५४२ नम्बरको टिपरले सोही वडाका शंकर यादवकी १२ वर्षीया छोरी रीताकुमारी यादवलाई ठक्कर दिएको थियो । उनी विद्यालय गइरहेकी थिइन् ।बालिकाको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि उनका आफन्त र स्थानीय आक्रोशित भई राजमार्ग अवरुद्ध पारेर प्रदर्शनमा उत्रिएका छन् ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १० राउन्ड हवाई फायर र आठ सेल अश्रुग्यास प्रहार गरेको छ । घटनास्थलमा प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंह नेतृत्वमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Comments