कांग्रेस संसदीय दलको नेता सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाईं  महामन्त्री गगनकुमार थापाले दिए कडा टक्कर

Bhugolpark

५ पुष, २०७९,०८:११

काठमाडौँ — नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने भएका छन् । मंगलबार बिहान बसेको बैठकले कोइराला समूहबाट संसदीय दलको नेतामा महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेता कोइराला थापाको प्रस्तावक बस्ने भएका छन् । शीर्ष नेताहरू बसेर गरेको सो निर्णय अहिले केहीबेरमा अनामनगरस्थित एक होटेलमा आफ्नो समूहका नेता र सांसदहरुलाई सुनाउने तयारी छ ।

संस्थापन पक्षबाट भने सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा दलको नेतामा उम्मेदवार बन्ने तयारीमा छन् । कांग्रेसमा एक वर्षअघि भएको महाधिवेशनको समीकरणमा सभापति देउवाको पक्षमा संसदीय दलमा पनि प्रस्ट बहुमत देखिन्छ ।

तर संस्थापनइतर समूहले महामन्त्री थापालाई सर्वसम्मत उम्मेदवार बनाएर उभ्याए फरक नतिजा आउन सक्ने अड्कलबाजी समेत भइरहेका छन् । संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनैपर्ने हुन्छ । हाल कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकामा ३२ गरी ८९ सांसद छन् । उनीहरू नै संसदीय दलको नेताको चुनावमा मतदाता हुन् ।



232 Views

Comments