मतिना पारु (Matina paru) मतिना पारु भन्नाले प्रणय (प्रेम) दिवस भन्ने बुझिन्छ ।

Bhugolpark

१४ चैत्र, २०८०,०६:०४

मतिना पारु (Matina paru)

मतिना पारु भन्नाले प्रणय (प्रेम) दिवस भन्ने बुझिन्छ । जब प्रणय दिवसको कुरा उठ्छ झट्ट हामी भ्यालेन्टाइन डे सम्झी हाल्छौ । हामीमा बिदेशी प्रभाव यति भैसक्यो कि उस्तै परम्पराको हाम्रो संस्कृती भुल्दै गएका छौ भने बिदेशी पर्व अंगाल्दै गइरहेका छौ । "भ्यालेन्टाइन डे" मात्र होइन "अप्रिल फुल", "ह्यापी न्यू यर" जस्ता धेरै यस्ता पर्वहरु हामीले अंगाल्दैछौ । जुन पर्व हाम्रो नेवा संस्कृतीमा पहिले नै बिद्यमान थियो । मतिना भन्नाले माया वा प्रेम हो भने पारु भन्नाले एक तिथि हो । यसरी मतिना पारु भन्नाले माया प्रेम गर्नेहरुको दिन वा दिवस भन्ने बुझिन्छ ।

नेपाल मण्डलमा योमरी पुर्णिमाको भोलीको दिन थिंल्लागा पारु (प्रतिपदा) को दिनलाई मतिना पारु भनिन्छ । योमरी पुर्णिमाको दिन "योमरी फोवनेगु" भन्ने प्रचलन नेवार समुदायमा रहि आएको छ । यसै दिन योमरी माग्न जाने भनेर भोलिको भेटको संदेश दिन प्रेमिकाको घरमा जाने गरिन्थ्यो । भोलिको दिन आफ्नो मायालु/जीवन साथीलाई फूल दिइ अबिर लगाई माया दर्शाउने गर्दथ्यो । तर आजकल यो पर्व करिव करिव लोप नै भैसकेको छ ।

यस्को ठाउँमा फेब्रुअरी १४ को दिनमा माया सातासात गर्ने प्रचलन बढ्न थालेको छ ।


लेख: GR Ranjit

आर्ट: आयुष श्रेष्ठ ,


111 Views

Comments