अंगीकृत नेपाली नागरिकता बारे संक्षित परिचय

अंगीकृत नागरिकता भनेको वंशजको नागरिकता जस्तो अधिकार नभई यो राज्यले विदेशबाट नेपालमा आई नेपाली पुरुषसँग विवाह गरेर स्थाई रुपमा नेपाल बस्न चाहेको खण्डमा दिने सुविधा हो । नेपालको संविधानले नेपाली नागरीक हुनुको लागि नेपाली पुरुषसँग विवाह गरेर आएको विदेशी महिलालाई नेपाली नागरीक हुन दिएको संविधानिक प्रावधान हो । यो एउटा नेपालको राष्ट्रिय परिचय पत्र हो । यो परिचय पत्र प्राप्त गरेपछी नेपालको अंगीकृत नागरीक हुन पाइन्छ । विश्वभरिका देशले विभिन्न सात देखि आठवटा आधारलाई मापदण्डको रूपमा विकास गरी तिनको आधारमा मात्र वैवाहिक अंगीकृत नागरिकता दिने गरेका छन् ।वैवाहिक अंगीकृत नागरिकता बसोबास अवधि पूर्व ,नागरिकता परित्याग , भाषा , नागरिकता लिने देशबारे ज्ञान, असल चरित्र , गैर अपाराधिक रेकर्ड तथा नागरिकता लिने देशप्रति निष्ठाको सपथका आधारमा प्रधान गरिन्छ । नेपालको संघीय कानून बमोजिम अंगीकृत नागरिकता नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले र विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिकबाट जन्मिएको र नेपालमा नै स्थायी बसोवास गरेको र विदेशी नागरिकता प्राप्त नगरेको व्यक्तिले प्राप्त गर्न सकिनेछ।

 

अभिमत दिन यहाँ थिच्नुहोस