नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Polls




About Us

कम्युनिष्ट पार्टी नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको हित प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी हो । यसको स्थापना २२ अप्रिल १९४९ तदनुसार १० वैशाख २००६ मा भएको थियो । आफ्नो लामो इतिहासमा यो पार्टी अनेकौं प्रकारका फुट, विभाजन, पुनर्गठन र एकीकरणको प्रक्रियाबाट गुज्रिएरआएको छ र आज यो नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को रूपमा क्रियाशील छ । पार्टीको नाम–संक्षेपमा नेकपा (एकीकृत समाजवादी) रहेको छ ।यसपार्टीको स्थापना बि. सं. २०७८ भाद्र २ गते भएको थियो ।  पार्टीले आफ्नो स्थापना कालदेखि नै सङ्घर्षका शान्तिपूर्ण र सशस्त्र रूपहरू अवलम्बन गर्दै नेपाली राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको प्रत्याभूतिका लागि भएका विभिन्न प्रकारका जनआन्दोलन र जनक्रान्तिमा अग्रणी भुमिका निभाएको छ । २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिबाट सामन्ती राजतन्त्रको अन्त्य गरी सङ्घीयता, धर्म निरपेक्षता, समावेशिता, समानुपातिकता जस्ता विशेषतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नमा  निर्णायक भूमिका खेलेको छ ।  यसपार्टीको मार्गदर्शन सिद्धान्त रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हो । यसपार्टीले समाजमा रहेका सबैखाले शोषण, उत्पीडन र विभेदहरूको अन्त्य गर्दै समानतासहितको स्वतन्त्रता अर्थात साम्यवादसम्म पुग्न सकिन्छ भन्ने कुरामा विश्वास गर्दछ । क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण सङ्घर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक सामाजिक रूपान्तरणसहित राष्ट्रिय पुँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यताको विकास गर्दछ । घोषणा पत्र घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा विकास गर्ने भनिएको छ। 'सामाजिक-आर्थिक-सांस्कृतिक रुपान्तरणमार्फत नेपालको संविधानमा उल्लिखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा अग्रसर हुनेछ', घोषणापत्रमा भनिएको छ’, 'नेपाल कम्युनिस्ट पार्टीले सुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्नेछ'भनी बताएको छ।