कतिको लोकप्रिय/अलोकप्रिय छन्? उपेन्द्र यादव
Approved Disapproved

परिचय

उपेन्द्र यादव जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष हुन्। उनी पहिले मधेस समर्थक दल मधेसी जनअधिकार फोरमका संयोजक थिए। शीर्ष मधेसी नेता यादवको जन्म वि.सं. २०१६ सालमा सप्तरी जिल्लाको भागवतपुरमा भएको हो। उनी धनीलाल यादव र फुलनीदेवी यादवका कान्छा छोरा हुन्। उनको दाजु डम्बर यादव खेती-किसानीमा संलग्न थिए। उनको बाल्यकाल सप्तरी जिल्लाको मधुवनमा बित्यो। अहिले त्यो ठाउँ सुनसरी जिल्लामा पर्छ। मधुवनको मोहन नि.मा.वि.मा उनले प्रारम्भिक शिक्षा प्राप्त गरे। त्यसपछि जनता मा.वि. मधुवन र वनदहवाकट्टी हाइस्कूल सप्तरीमा माध्यमिक शिक्षा लिए। वि.सं. २०३२ सालमा एसएलसी उत्तीर्ण गरेपछि यादव धरानको हात्तीसार क्याम्पस भर्ना भए। त्यहाँबाट आईएस्सी गरेपछि उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट स्नातक तह र स्नातकोत्तर गरेका हुन्।

लोकप्रिय नेता यादवको राजनीतिक पाइला चाहिँ वि.सं. २०३२ सालतिरै अघि बढेको हो। त्यतिबेला झापा आन्दोलनको उभारले ढपक्कै छोपेको थियो। त्यतिबेला उनी पुष्पलाल समूहको अनेरास्ववियुमा संलग्न भए। त्यसरी उत्प्रेरित गर्न तत्त्व चाहिँ गरीब र विपन्न वर्गलाई उठाउनु पर्छ भन्ने चेतना थियो। वि.सं. २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठबाट कम्युनिस्ट पार्टीको चौवन्नी सदस्यता लिए। त्यसपछि पनि उनले विद्यार्थी राजनीति छाडेनन्। त्यतिबेला अखिल प्रतिबन्धित थियो। उनले भूमिगतरूपमा काम गरे। विद्यार्थी राजनीति हुँदै यादव जनमत सँग्रहमा सक्रिय भए। तर, जनमतसँग्रहसँगै अखिल विभाजित भयो। उनी प्रगतिशील विद्यार्थी युनियन को दुई कार्यकाल उपाध्यक्ष भए। उनलाई धनकुटा लगियो। प्रजातन्त्र पुनर्स्थापना भएपछि उनी छुटे। लगत्तै नेकपा माले र मार्क्सवादीबीच एकता भयो र एमाले बन्यो। वि.सं. २०४८ सालमा यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी)ले सुनसरी-४बाट उम्मेदवार बनायो। उनले जित्न सकेनन्। त्यसपछि उनलाई पार्टीले सुनसरी र मोरङको जिम्मेवारी सुम्पियो।