जनता समाजवादी पार्टी, नेपाल
Polls




About Us

उक्तपार्टीका अध्यक्ष उपेन्द्र यादव हुन्। उनीपहिले मधेस समर्थक दल मधेसी जनअधिकार फोरमका संयोजक थिए। वि.सं. २०५६ सालमा उनले पार्टीभित्र मधेसको कुरा उठाए। पार्टीले उल्टै साम्प्रदायिक व्यक्ति भनी आरोप लगाएपछि उनले पार्टीबाट राजीनामा दिए। अनि उनी २०५४ सालमा नै गठन भएको मधेसी जनअधिकार फोरममा क्रियाशील भए । जनता समाजवादी पार्टी र तराइमधेश लोकतान्त्रिक पार्टीबीच पार्टी एकीकरण भइ सन् २०२० अप्रिल २२ उक्तपार्टीको जन्म भयो । जनआन्दोलनको भावना र मर्मानुसार सात दलको सरकारले मधेसी, दलित एवम् जनजातिको भावनाको कदर नगरेको भन्दै उक्त पार्टीले मधेस आन्दोलन गर्यो। वि.सं. २०६३ माघ १ गते अन्तरिम संविधान बन्यो। त्यसको भोलिपल्ट काठमाडौंको माइतीघर मण्डलामा नेता यादवको नेतृत्वमा अन्तरिम संविधानसमेत जलाईयो। मार्गनिर्देशक सिद्धान्त सामाजिक लोकतन्त्र र मधेसी जनअधिकारको संरक्षण र प्रवर्द्धन गर्नु रहेको छ । घोषणा पत्र  समुन्नत संघीय समाजवादको नयाँ वैचारिक धारा अगाडि सारेका छ । उसले लोकतन्त्रलाई पनि समावेशी, समानुपातिक र सहभगितामुलक लोकतन्त्रको अभ्यास गर्ने बताएको छ ।सुशासन र सदाचारको लागि खुल्ला र पारदर्शी ढंगले काम गर्ने ।’लोकतन्त्रलाई अझ उन्नत बनाउने, अझ सहभागितामूलक बनाउने र सबै समुदाय, जाति, क्षेत्र, लिङ्गहरुको सहभागिता सुनिश्चित गर्ने । सामाजिक सुरक्षा वितरण गर्ने कुरा र शिक्षा, स्वास्थ्य जस्ता सेवा जनतालाई प्रत्यक्ष पुर्याउने रहेको छ।