कतिको लोकप्रिय/अलोकप्रिय छन्? रेणु दाहाल
Approved Disapproved

परिचय

रेणु दाहाल (ज्वाला) भरतपुर महानगरपालिकाको प्रमुख हुनुहुन्छ । राज्य समिति सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष प्रचण्डकी माहिली छोरी पनि हुनुहुन्छ। एसएलसीसम्मको औपचारिक शिक्षा लिनुभएकी ३१ वर्षीया रेणु ०५३ पछि माओवादीमा पूर्णकालीन बन्नुभएको थियो। जनयुद्धका लामो समयसम्म उहाँले भारतमा काम गर्नुभयो। उहा अखिल भारत नेपाली महिलाको अध्यक्षहुँदलै ०५६मा माओवादी जिल्ला समितिको सदस्य हुनुभयो। नेपाल फर्किएपछि रोल्पाको सहइन्चार्ज र केही समयपछि उहा काठमाडौंको सहसचिव हुनुभयो। उहाँले नेपालमा भन्दा पनि भारतमा धेरै ठाउँ र समयमा काम गर्नुभयो। उहाँकी बहिनी गंगा(सिलगुडीमा नारायणविक्रम प्रधानसँग बिहे भएको छ) सँगै बिहे भएको थियो पूर्णकालीन भएको केही समयपछि। रेणु १० कक्षा पढ्दापढ्दै भूमिगत राजनीति थाल्नुभएको थियो। उत्पीडित जाति, क्षेत्र र लिंगलाई अधिकारसम्पन्न बनाउन कुरामा नै सविधानमा सुनिश्चित गराउने उहाँको मुख्य एजेण्डा छ।


  • भरतपुर महानगरभित्रका किसानलाई पेन्सन
  • बिउदेखि ढुवानीसम्म अनुदान
  • प्रत्येक भूमिहीनलाई आवास निर्माण
  • महिलालाई सुरक्षा र सम्मानको प्रत्याभूति
  • ‘मेड इन भरतपुर’ ब्रान्डिङ र बजारीकरण
  • एक वडा, एक उद्यम र उत्पादन
  • ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, विशेष भत्ता
  • विद्यार्थीलाई निःशुल्क इन्टरनेट, गुणस्तरीय शिक्षा
  • महानगरका सेवा पूर्ण प्रविधिमैत्री
  • महानगरमा एसियाली मापदण्डका भौतिक पूर्वाधार
  • प्रत्येक वडामा अस्पताल
  • पर्यटनलाई स्वरोजगारको आधार बनाउने
  • बेरोजगारमुक्त भरतपुर बनाउने
  • इलेक्ट्रिक बस सञ्चालन गर्ने 




भिडियो