नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Polls




About Us

अप्रिल २२, १९४९ तदनुसार २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना  भयो । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा चलेको बहस तथा नेपाली कम्युनिष्ट आन्दोलनमा देखा परेका मतभेद तथा वैचारिक संघर्षको दौरानमा अनेकौं पटक कम्युनिष्ट पार्टी विभाजन र  एकीकरण हुँदै ३० को दशकबाट थालिएको एकीकरण र पुनर्गठनको क्रममा २०७३ साल जेठ ६  गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बनेको हो । यसक्रममा २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी  (एमाले) को बीचमा पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । २०७७ फागुन २३  गतेको सर्वोच्च अदालतको फैसलाद्वारा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पुनर्स्थापना भयो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि संस्था हो। यसले मजदुर, किसान र सम्पूण उत्पीडित जाति, भाषा एवम् सांस्कृतिक जनसमुदाय समेत आम जनताको हितलाई प्रतिनिधित्व गर्दछ। यो जनआधारित कार्यकर्ताहरुको पार्टी हो। यो पार्टी सर्वहारा श्रमजीवि वर्गको अग्रदस्ता हो । मार्गदर्शक सिद्धान्त यस पार्टीको मार्ग दर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद-माओवाद हो । पार्टीले आजको  समाजमा रहेका वर्गहरुको अस्तित्व, वर्गहरु बीचको अन्तरविरोध र वर्ग संघर्षलाई समाज विकासको अनिवार्य एवम् मुख्य आधार मान्दछ। पार्टीको रणनीतिक लक्ष्य समाजवादी क्रान्ति सम्पन्न गर्दै  वैज्ञानिक समाजवादको निर्माण गर्नु र अन्ततः साम्यवादी दिशामा अघि बढ्नु हो। घोषणा पत्र आगामी सरकार निर्माणमा निर्णायक हुने अनुमान गरिएको माओवादी केन्द्रले राष्ट्रको नेतृत्व, निकास र विकासका लागि प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्ने निष्कर्ष प्रस्तुत गरेको छ । घोषणा पत्रमा भने प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने कारण र त्यसबाट मुलुकले पाउने लाभबारे क्षेत्रगत व्याख्या गरिएको छ । विभिन्न ४८ क्षेत्रलाई समेटेर प्रस्तुत घोषणापत्रको सार भने माओवादी नेतृत्वको सरकार र प्रचण्ड प्रधानमन्त्री रहेको छ । तर मत भने माओवादी केन्द्रले गठबन्धनकै निम्ति मागेको छ ।   थप जानकारीको लागि दलको वेबसाइड हेर्नु होला: https://www.cpnmc.org/ External Link