कतिको लोकप्रिय/अलोकप्रिय छन्? पशुपति शमशेर ज.ब.रा.
Approved Disapproved

परिचय

पशुपति शमशेरको जन्म विसं १९९८ बैशाख २५ गते काठमाडौँको महाराजगन्ज भएको थियो । उनी राणा प्रधानमन्त्री श्री ३ मोहन शमशेर जङ्गबहादुर राणाका नाति तथा विजय शमसेर जबराका छोरा हुन् । उनको विवाह विसं २०२४ (इसं १९६७)मा ग्वालियर राज्यका अन्तिम सिन्धिया राजा जिवाजीराव सिन्धिया र रानी विजया राजे सिन्धियाकी छोरी उषा राजे सिन्धियासँग भएको थियो ।पशुपति शमशेर राणा राणा वंशका राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् । उनी पञ्चायत कालमा पर्यटन तथा यातायात मन्त्री (१९७८ -१९७९) र पञ्चायत तथा स्थानीय विकास मन्त्री (१९८६-१९८८) भएका थिए । नेपालमा बहुदलीय व्यबस्था आएपछि पनि उनी अर्थ मन्त्री, परराष्ट्र मन्त्री र जलश्रोत तथा सञ्चार मन्त्री मन्त्री भएका थिए ।