कतिको लोकप्रिय/अलोकप्रिय छन्? ओनसरी घर्ति
Approved Disapproved

परिचय

ओनसरी घर्तीमगरको जन्म २०३४ कार्तिक २८ गते रोल्पाको बैङ्कोटमा भएको थियो । बुबा प्रसाद घर्तीमगर र आमा नौमती तीन दाजु र चार दिदी बहिनीमध्ये माहिली छोरी हुन् । सानैदेखि खेलकुदमा तथा नृत्यमा अभिरुचिका साथसाथै पढाइमा पनि उत्तिकै तेज विद्यार्थी थिइन् । ओनसरी घर्ती नेपालकी राजनीतिज्ञ तथा रुपान्तरित व्यवस्थापिका संसदकी सभामुख हुन्। उनी नेपालको पहिलो महिला सभामुख हुन्। एकिकृत नेकपा माओवादीको तर्फबाट महिला जनजातिको प्रतिनिधित्व गर्ने ओनसरी घर्तिमगरको भूमिगत नाम 'उषा' हो। २०४६ साल देखि राजनीतिमा लाग्नुभएकी घर्ती मगर माओवादीले गठन गरेको पहिलो सुरक्षा दलमा रोल्पाका चार जना महिलामध्ये एक हुनुहुन्छ ।