कतिको लोकप्रिय/अलोकप्रिय छन्? जनार्दन शर्मा
Approved Disapproved

परिचय

जनार्दन शर्मा एक नेपाली राजनीतिज्ञ र नेपालका पूर्व अर्थमन्त्री हुन्। उनी तीन पटकको सांसद हुन् । उनले यसअघि गृह, उर्जा तथा शान्ति तथा पुनर्निर्माण मन्त्री नेपाल मन्त्री भइसकेका छन्।वर्तमान अर्थमन्त्री जनार्दन शर्मा २०३४ सालमा राजनीतिमा प्रवेश गरेका थिए । २०५६ सालमा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समिति सदस्य र २०५७ सालमा पोलिटब्युरो सदस्य बनेका थिए । उनी २०६० सालमा ‘जनसेना’ को डिभिजन कमाण्डरको रुपमा छानिएका थिए । उनी २०७० सालमा पार्टीको स्थायी समिति सदस्यमा निर्वाचित भएका थिए । २०७५ सालमा शर्मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज भए ।

उनी २०६३ सालको अन्तरिम संसदमा सांसद थिए । शर्मा २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा र २०७४ को निर्वाचनमा रुकुम पश्चिमबाट पुनः निर्वाचित भएका थिए ।शर्मा २०६५ मा शान्ति तथा पुनर्निर्माण मन्त्री, २०७३ मा उर्जामन्त्री, २०७४ मा गृहमन्त्री र २०७८ सालमा अर्थमन्त्री बनेका थिए ।





भिडियो