म दुहबी नगरपालिका वडा नं १० मा बसोवास गर्छु। हाल स्नातक तह दुहबी नगरपालिका स्थित सोम्स क्याम्पसमा अध्ययनरत छु। वर्तमानमा दुहबी नगर कमिटी ने.वि सङ्घको उप-सभापति र दुहबी नगर बाल सञ्जालको पूर्व सचिव भएर काम गर्दै आइरहेको छु। मलाई क्रिकेट खेल्न मन पर्छ। मान्छेहरूसँग बोल्न, हँसाउन र राजनीतिक क्रियाकलापमा रुचि लाग्छ। हाल भर्खरै पार्टी प्रवेश गरेको हुनाले खासै ठूलो काम नगरेको तर कोरोनाको समयमा चन्दा सङ्कलन गरी आफ्नो स्थानीयमा चामल, दाल, तेल, नून आदि वितरण गर्नुका साथै माक्स तथा स्यानिटाईजर वितरण कार्यक्रम गरेका थियौँ। देशका सक्षम, क्षमता वाहन युवा पिँढी विदेशीदा बुढापाखाले देश चलाई उमो लगाउन नसकेकाले, म एक युवा आफ्नै देशमा बसि राजनीतिलाई सुलभ बनाउन सकुला कि भनेर लाग्नु नै मेरो ठुलो उद्देश्य हो।
सरकारी विद्यालयमा १०० % प्राइभेट विद्यालय बराबरको शिक्षा निःशुल्क प्रदान गर्नु,नगरपालिक भरि सबै वडामा विशेष चोक वा बजार स्थापना गराउनु,दुहबी नगरपालिकाको सर्वोत्कृष्ट विद्यार्थीलाई उसको इच्छा स्वरूप डाक्टर इन्जिनियर बनाउन सहयोग रकम प्रदान गराउने,सबै वडामा निःशुल्क स्वास्थ्य परीक्षण र सुलभ रुपमा औषधि वितरण गराउनुका साथै २४ घण्टा नै स्वास्थ्य केन्द्रहरू सञ्चालन गराउने,+2 पास गरेका युवालाई रू १ लाख स्वरोजगारी ऋण उपलब्ध गराउने,औद्योगिक क्षेत्रमा पूर्ण रुपले नेपाली कामदार परिचालन गराउने,बिउ बिजन र खाद्यान्नलाई सुलभ ठाउँमा पुर्याउँने,कृषि भत्ता तोक्ने, समय अनुकूल वातावरण सिर्जना गरी काम गर्ने र नयाँ नयाँ योजना ल्याउने।