नेपाली कांग्रेस पार्टी (नेपालमा कांग्रेस वा संक्षिप्त रूपमा NC भनेर पनि चिनिन्छ) नेपालको सबैभन्दा ठूलो र पुरानो राजनीतिक दलहरू मध्ये एक हो। पार्टीको स्थापना सन् १९४६ मा भारतमा भएको थियो जब पार्टीका अधिकांश संस्थापक नेताहरू निर्वासित जीवन बिताइरहेका थिए। नेपाली कांग्रेस दुई राजनीतिक दल नेपाली राष्ट्रिय कांग्रेस र नेपाल लोकतान्त्रिक पार्टीबीच बि. सं.२००६,चैत्र २७ गते पार्टी एकताकता भएको थियो । मार्गनिर्देशक सिद्धान्त यस पार्टीको मार्गनिर्देशक सिद्धानत राष्ट्रियता, लोकतन्त्र र समाजवाद हो । यो पार्टी जननेता वीपी कोइरालाको विचार र संस्कारको जगमा समुन्नत नेपालको लागि विगत सात दसकदेखि कार्य गर्दै आएको छ । चुनावी घोषणा-पत्र ७० वर्षको अवधिमा कांग्रेसले मुलुकको नेतृत्व गरेर बदलिँदो समाज अनुसार निरन्तरतामा नविनता, संविधान रक्षा, स्थिरता र समुन्नतिको आधार, नेपाली कांग्रेसको सरकार भन्ने मूल नारा समेटिएको छ । घोषणापत्रमा विषयविज्ञ र नेपाली समाजका विभिन्न विज्ञ र अपांगता भएका व्यक्तिहरूसमेत घोषणापत्र लेख्ने टिममा बसेर काम गरेको बताए। घोषणापत्र निर्माणमा २१/२२ वर्षका युवाहरूकोसमेत सहभागिता रहेनेछ।
Read More