कतिको लोकप्रिय/अलोकप्रिय छन्? भीष्म राज आङदेम्वे
Approved Disapproved

परिचय

२०३६ सालको जनमत संग्रहमा विद्यार्थी छँदा (१६ वर्षको उमेर) बहुदलका पक्षमा सहभागी । २०४२ सालमा नेविसंघको सदस्यता प्राप्त । २०४६ को आन्दोलनमा सक्रिय सहभागी २०४६ देखि २०५२ सम्म दुई कार्यकाल नेविसंघको केन्द्रीय सदस्य । २०५४ मा तरुण दलको केन्द्रीय सदस्य हुँदै केन्द्रीय उपाध्यक्षको जिम्वेवारी ग्रहण । नेपाली कांग्रेसको एघारौं, बाह्रौं र तेह्रौं महाधिवेशनमा तीनपटक केन्द्रीय सदस्य निर्वाचित । २०७० सालको संविधानसभा निर्वाचनमा पाँचथर क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य निर्वाचित । त्यसपछि संविधानसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हकहित समितिको सभापतिको जिम्वेवारी । २०७७ सालमा नेपाली कांग्रेसको केन्द्रीय अनुसाशन समिति संयोजकको जिम्वेवारी प्राप्त । २०७८ साल फागुनमा भएको महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सह-महामन्त्रीमा निर्वाचित ।