राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा कटायो थ्रेसहोल्ड र बन्यो चौथो ठुलो दल

Bhugolpark

१३ मंसिर, २०७९,१०:४०

काठमाडौं :स्वछछवीभएका रवि लामिछानेले लामोसमय पत्रकारिता गरे ।उनले  पत्रकारिताको दौरानमा विगतमा नेपालमा होस वा विदेशमा न्याय नपाएका हजारौं नेपालीहरूलाई न्याय दिए र आम नेपालीको मनमा बस्न सफल भए ।

उनको बुझाइ लामोसमय सत्तामा रहेका पार्टी र बुढा प्रधानमन्त्रीहरू जो पटक-पटक प्रधानमन्त्री भए पटक-पटक पार्टी अध्यक्ष भए तर अपेक्षाकृत देश विकास गर्न सकेनन् वा देश विकास गर्न नै चाहेनन् भन्ने रह्यो ।देशमा भ्रष्ट्रचार, अन्यमितता, व्यथिती दिन दुई गुणा रात चौगुणा बढेर गएको, देशका होनाहार लाखौं युवाहरू कित खाडी-मलेसिया कित युरोप-अमेरिका अष्ट्रेलीया- जापान- कोरियाजस्ता देशहरूमा जानुपरेको र उनीहरूले नै पठाएको रेमिटेन्समा समेत सरकारले व्रम्हालुट गरेको-वैदेशिक ऋण बढैर गएको, राष्ट्रघाती एमसिसि पास गरेको आदि घटनालाई टुलुटुलु हरेर बस्न सकेन्न ।

उनले समयको मागसँगै अब नेताहरूलाई खवरदारी गर्न संघीय संसदको प्रतिनिधिसभामा जानुपर्ने महशुस गरे र लाखौं स्वछछवीभएका शिक्षित युवायुवतीहरूको चाहानालाई मुर्तरूप दिन राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गरे र उनीलगाएत धेरै जना स्वछछवीभएका शिक्षित युवायुवतीहरूले स्वतस्फूर्त रूपमा संघीय संसदको प्रतिनिधिसभामा उम्मेदवारी दिए ।उनिहरूले हाम्रो जस्तो सानो भूपरिवेष्टिक देशको अर्थतन्त्रैले धान्न नसक्ने प्रदेशसभामा उम्मेदवारी दिनुको आचित्य नभएको भन्दै प्रदेशसभामा भने उम्मेदवारीसमेत दिएन्न् ।

भूगोल पार्क उम्मेद्वार मेला १६ कार्तिक २०७९ बुधबार भृकुटीमण्डपमा सम्पन्न

भूगोल पार्कले हाम्रो लोकतन्त्रलाईं अझ प्रभावकारी बनाउँनको लागि मतदाताहरूसँग उम्मेदवारहरूबीच साक्षात्कार कार्यक्रममा प्रस्तुत गर्ने उद्देश्यले भूगोल पार्क उम्मेद्वार मेला १६ कार्तिक २०७९ बुधबार, भृकुटीमण्डपमानेपालमा पहिलो पटक बिहान १०:०० बजेदेखि बेलुका :०० बजेसम्म (२ नोभेम्बर २०२२ १०-५ बजे) काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको थियो

उक्त ऐतिहासिक भूगोल पार्क उम्मेद्वार मेलामा राष्ट्रिय स्वतन्त्र पार्टी, साना दल र स्वतन्त्र उम्मेदवारहरू गरी ७२ जना भन्दाबढीले सहभागिता जनाएका थिए भने उक्त कार्यक्रममा समयको चापले गर्दा डा तोसिमा कार्की, रमेश खरेल, गणेश पराजुली, बुद्धरत्न महर्जन, शिशिर खनाल, सोभिता गौतम, पुकार बम, हरिशरण श्रेष्ठ, अजित खड्का, डा. ठाकुरमोहन श्रेष्ठ, डा. प्रणयशम्शेर राणा, शैलेस डंगोल, सुशान्त श्रेष्ठ, विराजभक्त श्रेष्ठ, मिलन पाण्डे, सजन श्रेष्ठ, सचिन घिमिरे, सुदिन शाक्यलगाएत ४२ जना उम्मेदवारहरूले आफ्नो सारगर्भित भनाई राखेका थिए ।भूगोल पार्कको उद्देश्य उम्मेदवारहरूले आफ्ना मतदातालाई चुनावी एजेण्डा प्रस्तुत गरुन्  र जनताले पनि आफ्नो निर्वाचन क्षेत्रका उम्मेदवारको प्रत्यक्ष मूल्याङ्कन गर्ने अवसर मिलोस साथै हाम्रा भन्दा राम्रादलका उम्मेदवारहरूले चुनाव जितुन र लोकतन्त्र अझ सुदृढ बनोस भन्ने थियो । हामीले आयोजना गरेको उक्त मेलामा करिव दश हजार जनाभन्दा बढी मानिसहरूले सहभागिता जनाएका थिए ।

जनताको अभिमत जस्ताको तस्तै ! हट स्पोटलाइट !

भूगोल पार्क डट कमले उपत्यकामा निर्वाचन विशेष कार्यक्रमको आयोजना बिहान १०:०० देखि बेलुका ०५:००सम्म काठमाण्डौंको विभिन्न क्षेत्रबाट हामीले ‘जनताको अभिमतलाई जस्ताको तस्तै’ युटुव, फेसबुक, टुइटर,वाटसप, टिकटक, आदिबाट प्रसारण गरेका थियौं ।हामीले बिभिन्न उमेर समूहका व्यक्तिहरूलाईं सोध्दा २०७४ को आम निर्वाचनका पुरानो दलका नराम्रा उम्मेदवारको विकल्पमा पार्टीका राम्रा उम्मेदवार र स्वतन्त्रलाई जिताउँछौं भन्ने थियो ।

भूगोल पार्कले आम निर्वाचन २०७९ गरेको एक्जिट पोल ९० प्रतिशत सफल

भूगोल पार्कले आम निर्वाचन २०७९ भाद्र, ४ गते बिहान ०७:०० बजेदेखि बेलुका ०५:०० सम्म काठमाण्डौं उपत्यका भित्र गरेको एक्जिट पोल ९० प्रतिशत सफल भएको थियो ।

हामीले एक हजार [,०००] जना भन्दा बढी बिभिन्न उमेर समूहका शिक्षक, विद्यार्थी,  सरकारी कर्मचारी, उद्योगपति- व्यापारी, कृषक, राजनीतिज्ञलाई सोधेका थियौं ।आम नागरिकहरूले देशमा भ्रष्ट्रचार, मुल्यवृद्धि बढेकाले राजनीतिक पार्टीका राम्रा उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई जिताउछौं भनेको आधारमा हामीले एक्जिट पोल गरेका थियौं ।

भूगाल पार्कले आगामी निर्वाचनमा समानुपातिकतर्फ तेस्रो वा चोथो ठुलो दल बन्ने र प्रतिनिधिसभातर्फ १० सिट नित्ने प्रक्षेपण गरेको थियो जसलाई हालको निर्वाचनले पुष्टि गरिदिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी: चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८५ हजार ५७२[११.१९%] मत प्राप्त गरेको समानुपातिकतर्फ थ्रेसहोल्ड मात्र नकटाएर हालसम्मको नतिजाअनुसार प्रतिनिधिसभामा ७ सिटमा विजय भएको छ भने ० सिटमा अग्रता हासिल गरेको छ। माओवादीले ११ लाख २७ हजार ७६८ [११.५०%]मत प्राप्त गरेको छ।पहिलो नम्बरमा रहेको नेकपा एमालेले २६ लाख ४३ हजार १९१ [२६.९९%]मत प्राप्त गरेको छ भने दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसले २४ लाख ९९ हजार १४५ [२५.६१%]मत प्राप्त गरेको छ।राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएको छ। पछिल्लो मतपरिणामअनुसार राप्रपाले ५ लाख ५९ हजार २७७[.७६%] मत, जनता समाजवादी पार्टीले ३ लाख ७७ हजार १७२[.७३%] मत र जनमत पार्टीले ३ लाख ३३ हजार ९९७[.१३%] मत ल्याएर समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएको छ।

नेकपा एकीकृत समाजवादीले समानुपातिक थ्रेसहोल्ड कटाउन सकेको छैन। एकीकृत समाजवादीले २ लाख ७७ हजार ००३ [.७६%] मत ल्याएको छ। लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि थ्रेसहोल्ड कटाउन सकेको छैन। लोसपाले १ लाख ४३ हजार ५५७ मत कटाउँदा नाउपले २ लाख ४६ हजार ०८५ मत ल्याएको छ ।अन्य पार्टी र स्वतन्त्र गरी जम्मा ९.३२% प्रतिशत मत ल्याएका छन् ।

भूगोल पार्कलेसही सूचना र खबरहरू जनताले नपाइरहेको वर्तमान परिपेक्ष्यमा सत्यतथ्य सूचनाहरूलाई एकिकृत गरी मतदाताहरूलाईं सुसूचित गर्नको लागि एवम् हाम्रानेताहरू प्रति विषेश समर्पित भई नयाँ वेब साइड HamroNeta.Online[हाम्रोनेता डट अनलाइन] पोर्टल सिर्जना गरेको छ।

यहाँभित्र HamroNeta Online मा संघीय सांसदहरू, संसदीय दलका नेताहरूको इन्फोग्राफिक ब्लग  पोल  डाउँनलोडस् खण्डहरूछन् । हामी सबै खण्डहरू गतिशीलरुपमा अद्यावधिक गर्नेछौ ।

 आगामी दिनमा तपाईहरूको कुनै पनि नयाँ लेख वा सामाग्री भए प्रदान गर्न अनुरोध गर्न चाहन्छौ । तपाईहरूले दिनुभएको नयाँ लेख वा सामाग्रीहरूलाई हामीले ब्लक खण्डमा प्रकाशित गर्दै जानेछौं ।


150 Views

Comments