एमालेका महासचिव पोखरेलद्वारा मतदान

Bhugolpark

१० बैशाख, २०८१,०७:२३

नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शङ्कर पोखरेलले मुलुकमा राजनीतिक ध्रुविकरण अपरिहार्य भएको बताउनुभएको छ ।

आज तुलसीपुर १८ विजौरीस्थित जनता संस्कृत माविमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “मुलुकमा राजनीतिक ध्रुविकरण अपरिहार्य भइसकेको छ, किनकी राजनीतिक परिवर्तनका लागि दलहरु बीच सहकार्य जरुरी हुन्थ्यो । विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने र आफूहरु बलियो राष्ट्रियशक्ति निर्माणको अभियानमा रहेको उहाँको भनाइ छ । उहाँले निर्वाचनले मुलुकलाई नयाँ दिशातर्फ डो¥याउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।


97 Views

Comments