ट्रम्प सरकारको विवादास्पद कदम: गरीब बालबालिका र बिरामीको स्वास्थ्य सेवामा कुठाराघात!

Bhugolpark

१६ माघ, २०८१,११:३३

मेडिकेड र हेड स्टार्ट जस्ता जीवनरक्षक कार्यक्रमहरू अचानक ठप्प भएका छन्, कारण - ट्रम्प प्रशासनको चर्चित 'फन्डिङ फ्रिज'। लाखौं अमेरिकीहरूको स्वास्थ्य र शिक्षामा प्रत्यक्ष प्रहार गर्ने यो निर्णयले स्वास्थ्य सेवा प्रदायकहरू र शिक्षा केन्द्रहरूमा हाहाकार मच्चाएको छ।

ह्वाइट हाउसले 'सिस्टम आउटेज'लाई दोष दिएर पन्छिने प्रयास गरे पनि, विज्ञहरूले यसलाई "संविधान विरोधी" र "जनविरोधी" कदमको संज्ञा दिएका छन्। प्रशासनले यसलाई सामान्य प्रशासनिक प्रक्रिया भन्दै बचाउ गरिरहँदा, आलोचकहरूले यसलाई लोकतन्त्रमाथिको प्रहारको रूपमा लिएका छन्।

यो निर्णयले विशेषगरी कमजोर वर्गका बालबालिका र बिरामीहरूको भविष्यमाथि प्रश्नचिह्न खडा गरेको छ।


26 Views

Comments