विश्व पौडेल र सुरेन्द्र पाण्डेबीच रोचकप्रतिस्पर्धा पाण्डेलाईं पूर्वसहकर्मीको डर

Bhugolpark

२ कार्तिक, २०७९,१०:२३

पहिलो संविधान सभामा चितवनबाट समानुपातिक तर्फको सभासद बन्नुभएको नेकपा (एमाले) का  नेता सुरेन्द्र पाण्डे करिब २० महिना अर्थमन्त्री भए। एमाले भित्रका अर्थविद् भनेर उनलाई चिनिन्छ।

पञ्चायतविरूद्धको भूमिगत आन्दोलन गरेका पाण्डे त्यसअघि दुई कार्यकाल राष्ट्रिय सभा सदस्यसमेत हुनुभएको थियो। उनी पहिलो पटक प्रत्यक्षतर्फ चुनाव  २०७० मा लडनुभएको थियो। उनी चितवन क्षेत्र नम्बर बाट प्रत्यक्ष निर्वाचन लडेर विजयी हुनुभएको थियो। २०७४ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित हुनुभयो।

यी दुबै निर्वाचनमा पाण्डेले नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीलाई हराउँनुभएको थियो।

२०७४ मा पाण्डेले ५१ हजार ०८० भोट ल्याउँदा बुर्लाकोटीले ३५ हजार ३६० भोट ल्याउँनुभएको थिए।

१५ हजार बढीको मतान्तर निकाल्न पाण्डेलाई नेकपा (माओवादी केन्द्र)ले साथ दिएको थियो।

यसपालि चुनावको उक्त गणित बदलिएको छ। पहिले वाम गठबन्धनको नेतृत्व गरेको एमाले एक्लै लडिरहेको छ। पहिले एक्लै लडेको कांग्रेसले माओवादी लगायतका दलसँग गठबन्धन गरेर चुनावमा होमिएको छ।

यो क्षेत्रमा पाण्डेसँग चुनाव लड्न योजना आयोगको उपाध्यक्षबाट राजीनामा गरेर आइपुग्नुभएको , विश्वनाथ पौडेल। गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भएका उनी चितवनको रत्ननगरका बासिन्दा हुनुहुन्छ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेल भने पहिलो पटक चुनाव लड्दैहुनुहुन्छ।

चितवन- अर्थशास्त्रका दुई ज्ञाता बीचको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिन्छ।

यो क्षेत्रमा पाँच वर्षअघि भएको संसदीय निर्वाचनमा समानुपातिक निर्वाचन प्राणालितर्फ एमालेले ३९ हजार ९०३ भोट ल्याएको थियो। नेपाली कांग्रेसले ३० हजार ७५० माओवादी केन्द्रले हजार ०७८ भोट ल्याएका थिए।

यो क्षेत्रबाट विवेकशील साझा पार्टीले हजार ९०४, राप्रपा (प्रजातान्त्रिक) ले सय ६८ राप्रपाले सय ६९ भोट ल्याएका थिए।  

वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा चितवन- बाट सत्ता गठबन्धनका वडाध्यक्ष उम्मेदवारले ४६ हजार ५७७ भोट ल्याउँदा एमालेका उम्मेदवारले ३९ हजार ६०६ भोट ल्याउनुभएको थिए। सत्ता गठबन्धनका उम्मेदवारले स्थानीय चुनावमा चितवन जिल्लाभरि नै वडा तहसम्मै मिलेर लडेका थिए। 

राप्रपाका वडाध्यक्ष उम्मेदवारले हजार ९१८ भोट ल्याउँनुभएको थिए।

उक्त निर्वाचनमा वडाध्यक्ष पदका उम्मेदवारले पाएको मतलाई हेर्दा चितवन क्षेत्र नम्बर मा एमालेभन्दा सत्ता गठबन्धन करिब हजार मतले अघि देखिन्छ। जबकी २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक प्रणालितर्फ एमालेले नेपाली कांगेस माओवादी केन्द्रले पाएको भन्दा हजार बढी भोट पाएको थियो।

समानुपातिकमा आएको गत वैशाखको चुनावमा वडाध्यक्षका उम्मेदवारले ल्याएको मत मात्र तुलना गर्ने हो भने एमालेको मतमा खास अन्तर भने देखिदैन्।

पाँच वर्षअघिको निर्वाचनको  समानुपातिकमा ल्याएको भोटको तुलनामा वडाध्यक्षका उम्मेदवारले पाएको मत जम्मा २९७ कम देखिन्छ

गठबन्धनको भोट बढ्को एमालेको नबढेको मुख्य कारण एमालेमा आएको विभाजन हो। एमाले विभाजन भएर नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनेको छ।

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी सत्ता गठबन्धनमा मिसिँदा चितवन- को राजनीतिक अंकगणित फेरिएको छ। कांग्रेस नेतृत्वको गठबन्धन एमालेभन्दा बलियो बनेको छ।

फुटको असर यसपालिको निर्वाचनमा पनि देखिन सक्छ। पार्टी फुटको संघारमा हुँदा सुरेन्द्र पाण्डे माधवकुमार नेपालको समूहमा थिए। एमालेको महाधिवेशनमा नेपालले ओलीसँग प्रतिस्पर्धा गर्दा पाण्डे नेपाल समूहबाट महासचिवमा लड्नुभएको थियो।

प्रधानमन्त्रीका रूपमा ओलीले संसद विघटन गर्दा पनि उनी नेता नेपालसँगै ओलीको कदमविरूद्ध उभिनुभएको थियो।  त्यसताका आफ्नै निर्वाचन क्षेत्रमा भएको एक कार्यक्रममा ओली पक्षका कार्यकर्ताले उनीविरूद्ध नाराबाजी गरेका थिए। तर पार्टी विभाजनको क्रममा पाण्डेले ओलीलाई साथ दिनुभयो। यसपालि निर्वाचन जित्न उनले एकीकृत समाजवादीमा गएका आफ्ना पूर्वसहकर्मी एमालेभित्रै पनि सबैको साथ पाउनु चुनौती देखिन्छ। 

चितवन क्षेत्र नम्बर मा एकीकृत समाजवादीको राम्रै उपस्थिति छ। तत्कालीन एमालेभित्रका केही प्रभावशाली नेताहरू समाजवादीतिर रहेकाले निर्वाचन जित्न पाण्डेलाई पहिले जस्तो सहज छैन,’ क्षेत्र नम्बर पर्सामा भेटिएका एकीकृत समाजवादीका एक जना कार्यकर्ता भन्छन्, ‘यसपालि यो क्षेत्रमा निर्णायक हाम्रो पार्टी हो। हामीले भोट नहाल्दासम्म उहाँलाई जित्न कठिन छ।

हुन पनि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले यो क्षेत्रका तीन वटै स्थानीय तहमा जित हात पारेको थियो। तर यसपालि एमालेका मेयर पदका उम्मेदवार तीन वटै पालिकामा पराजित भए।

गत स्थानीय निर्वाचनमा पाण्डेकै घर रहेको राप्ती नगरपालिकामा समेत नेकपा एमाले मेयरमा पराजित हुनुभएको थियो।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका शमशेर लामा राप्तीको मेयरमा निर्वाचित हुनुभएको थियो। यद्यपी वडाध्यक्षले पाएको मतको हिसाबमा यो नगरपालिकामा गठबन्धनभन्दा एमाले अगाडि छ।

गठबन्धनका वडाध्यक्षका उम्मेदवारहरूले ११ हजार सय ४६ भोट ल्याउँदा एमालेका उम्मेदवारले १२ हजार सय ७८ भोट ल्याउनुभएको थियो। १३ वटा वडामा एमालेले , कांग्रेसले , एकीकृत समाजवादीले स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका थिए।

पार्टी फुटको असर खैरहनी नगरपालिकामा पनि देखियो। एमालेले यहाँ पूर्वमेयर लालमणि चौधरीलाई नै मेयर पदमा उम्मेदवार बनाएको थियो। उनी ८५० मतान्तरले पराजित हुनुभयो। उनलाई यति भोट थप्नका लागि एकीकृत समाजवादी काफी थियो। यो नगरपालिकामा एमालेका वडाध्यक्षका उम्मेदवारले भन्दा गठबन्धनका सबै दलका उम्मेदवारहरूले २७९ भोट मात्रै कम ल्याएका छन्।

चितवन क्षेत्र नम्बर को सबैभन्दा बढी मतदाता रहेको स्थानीय तह हो रत्नननगर नगरपालिका। २०७४ सालको स्थानीय तहको निर्वाचनमा यहाँबाट नेकपा एमालेका नारायण वन निर्वाचित भएको थियो। उनले नेपाली कांग्रेसका रुपनराज घिमिरेले भन्दा १४५० भोट बढी ल्याउनुभएको थियो। पाँच वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा नतिजा उल्टियो। एमालेका उम्मेदवार विमलादेवी दुवाडीलाई गठबन्धनका उम्मेदवार प्रलाद सापकोटाले ठूलो मतान्तरका साथ हराउँनुभएको थियो। उनी ८०६८ बढी मतले विजयी हुनुभएको थियो।

वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतमा एमाले झन् कमजोर देखियो। १६ वटा वडाहरुमा वटामा कांग्रेस, वटामा एमाले, एउटामा माओवादी एउटामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पद जिते। रत्ननगरमा नेकपा एमाले कमजोर देखिनुका मुख्य कारण पनि पार्टी फुट नै हो।

तत्कालीन नेकपाका चितवन जिल्ला इन्चार्ज कृष्ण खनाल यही नगरपालिकाका बासिन्दा हुन्। एकिकृत समाजवादीमा गएर उनी अहिले बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसक्नुभएको छ।

खनाल यसपाली पनि क्षेत्र नम्बर बाट  प्रदेश सभा सदस्यका लागि उम्मेदवार छन्। विगतमा एमालेभित्र एउटै कित्तामा देखिने, २०७० ०७४ का निर्वाचनमा पाण्डेलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका खनाल यसपाली विपक्षी गठबन्धनको उम्मेदवार बनेकाले पाण्डेलाई रत्ननगर क्षेत्रको भोट तान्न विगतको जस्तो सहज छैन।

तसर्थ पाण्डेले यो क्षेत्रमा जित निकाल्न पार्टीका कार्यकर्ताहरुलाईमात्र नभएर पूर्वकार्यकर्तालाई पनि रिझाउनुपर्ने देखिन्छ।

अर्कोतिर विश्व पौडेलसामु गठबन्धनका सबै पार्टीहरुको मत जीत्नुपर्ने पर्ने चुनौती छ। यदी माओवादी केन्द्र एकिकृत समाजवादीको मत आफ्नो पक्षमा ट्रान्सफर गर्ने सकेमा पौडेल निर्वाचन लडेको पहिलो पटकमै सांसद बन्नुहुनेछ। केही समय अघिसम्म वागी उमेद्वारी दिएका कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीले पौडेललाई समर्थन गर्दै उमेद्वारी फिर्ता लिएका छन्।


227 Views

Comments