प्रतिनिधिसभा निवाचनमा मोरङ ६ मा रोचक प्रतिस्पर्धा

Bhugolpark

२५ आश्विन, २०७९,०७:०२

२५ असोज, विराटनगर । प्रतिनिधिसभा सदस्यका लागि मोरङ क्षेत्र नम्बर ६ मा १६ जनाको उम्मेदवारी परेको छ । तर मुख्य प्रतिस्पर्धा चाहिँ २०७४ मा झै नेपाली कांग्रेसका डा. शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डितबीच हुने देखिएको छ ।

 डा. शेखर कोइराले संविधानलाई संस्थागत गर्दै विकास निर्माणलाई अगाडि लैजान गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको बताउँछन् । पण्डित आफूले सुरु गरेका विकास निर्माणलाई पूरा गर्ने एजेण्डा बनाएका छन् ।

कांग्रेसभित्र ‘प्रतिपक्षी’ नेताको रुपमा उदाएका कोइराला निर्वाचन जिते प्रधानमन्त्रीसम्म बन्ने दाउ छन् । संविधानको रक्षाका लागि बनेको गठबन्धनको नेतृत्व कांग्रेसले गरिरहेको भन्दै उनले चुनावपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरे । त्यो बेला प्रधानमन्त्रीमा तपाईँको दाबी रहन्छ भन्ने प्रश्नमा उनले चुनाव सकिन दिन आग्रह गरे । उनले भने, ‘मंसिर ४ मा निर्वाचन छ, त्यसपछि रिजल्ट आउछ, त्यसपछि पार्लियामेन्ट गइन्छ, अनि अगाडि बढ्छ ।’

एमाले उम्मेदवार पण्डित भने पाँचवर्षे कार्यकालमा विकास निर्माणको उल्लेख्य काम सुरु गरेको बताउदै अफ्नो कार्यकालमा सुरु भएका विकास निर्माणका कामहरु अधुरा छन्’, उनले भने, ‘त्यसलाई पूरा गर्न मेरो उम्मेदवारी हो ।’

मोरङ ६ का मुख्य प्रतिस्पर्धी पुरानै भएपनि परिवेश फरक छ । २०७४ मा पण्डितले वाम गठबन्धनको अर्को घटक माओवादीको समर्थन पाएको थियो । पण्डित ३३ हजार ९४१ मतका साथ विजयी भएका थिए । एक्लै चुनाव लडेका डा. शेखरले ३३ हजार २६६ मत प्राप्त गरेका थिए । ४ मंसिरको चुनावमा माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको साथ उनलाई छ ।

एमाले उम्मेदवार पण्डितलाई भने यो पटक जनता समाजवादी पार्टी (जसपा) को साथ छ ।

 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ फागन २०७४ मै पण्डितलाई मन्त्री नियुक्त गरेका थिए, झण्डै दुई वर्ष मन्त्री रहे ।

डा. शेखर भने पार्टीमा प्रतिपक्षीका रुपमा उदाएका छन् । संस्थापन इतर समूहमा रहेका उनले कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका थिए । सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपनि ४० प्रतिशत मत पाएका उनको समूहबाट पार्टीमा उपसभापति, महामन्त्री र सहमहामन्त्री चुनिए । पार्टी महाधिवेशनबाट नेताका रुपमा बनाएको छविको लाभ उनलाई आसन्न चुनावमा पनि हुने कांग्रेस नेता कार्यकर्ता बताउँछन् ।

यो क्षेत्रबाट कोइराला र पण्डित दुवै आफूले जित्ने दाबी गर्छन् । तर दुवैलाई सहज भने छैन । स्थानीय निर्वाचनमा डा. शेखर पक्षले खेलेको भूमिकाका कारण संस्थापन पक्ष असन्तुष्ट छ । तर एमाले र जसपाको तालमेलमा पनि असन्तुष्टि देखिएको छ ।

जसपा र एमालेबीच भागवण्डा हुँदा क्षेत्र नम्बर ६ को (ख) जसपाको भागमा परेको थियो । जसपाले राजेन्द्र गुप्तालाई उम्मेदवार बनाएको छ । तर एमालेबाट प्रदेशसभा (क) मा रीता न्यौपाने र (ख) मा पर्शुराम बस्नेतले मनोनयन दर्ता गरेका छन् ।

सत्ता गठबन्धनबाट मोरङ–६ (क) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन आचार्य उम्मेदवार छन् भने (ख) बाट कांग्रेसका केदार कार्की उमेदवर छन् ।


220 Views

Comments