प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी

Bhugolpark

२४ आश्विन, २०७९,०७:४४

काठमाण्डौं—एमालेको स्थाइ कमिटी सदस्य प्रभु साहले एमाले परित्याग गरेको घोषणा गर्दै रौतहट ३ बाट स्वतन्त्रमा उम्मेदवारी दिएकाछन् ।

उहाले एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी पार्टीृजसपोसँग अपवित्र गठबन्धन गरेको भन्दै आफ्नो समूहले स्वतन्त्र उममेदवारी दिने जनाउँनुभयो ।

उहाँले एमाले पार्टीले देशमा  राट्रिय एकता,अखण्डता एवं समृद्धि गर्ने विश्वास लागेर उक्त पाटीमा लागेको बताउदै कुर्सीको खेलका लागि देशमा अस्थिरता ल्याउँने,मधेशी र पहाडीबीच साम्प्रदायिक्ता फैलाउने,भ्रष्ट जसपा जस्तो पार्टीलाई काँध हालेकोले अब एमाले पार्टीले उपेन्द्रजिको पार्टीलाई महान भन्नुपर्छ जुनकुरा आफ्नो समूहलाई मान्य नहुने भन्दै जसपासँग गठबन्धन गरेको ठाउँमा आफ्नो समूहबाट स्वतन्त्र उम्मेदवार बन्नलागेको र अब उप्रान्त आफूहरु एमालेमा नरहेको जानकारी गराउनुभयो।

संविधानसभामा २०६४ र २०७० मा रौतहट ३ बाट निवाचित उनी २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा माओवादि केन्द्रबाट रौतहट ३ बाट निर्वाचित भएका थिए ।

२ नम्बर प्रदेशमा प्रभु साहको जनाधार राम्रो रहेको विस्वास गर्दैे  साह समूहको स्वतन्त्र उममेदवारलिे उक्त प्रदेशमा एमालेलाई क्षेति पुग्नेदेखिन्छ ।


167 Views

Comments