१० जेठ, काठमाडौँ । उँभौली पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वाससहित आज किरात समूदायले स्वदेश तथा विदेशमा धुमधामले उँभौली पर्वले मनाउँदै छन् । हरेक वर्ष वैशाख पूर्णिमाका दिनदेखि सुरु हुने उँभौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी बेँसीतिरबाट लेकतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली लगाउने खुसियालीमा मनाउने गरिन्छ ।
यस चाडलाई किरात समुदायले आफ्नो मुख्य चाडका रूपमा मान्दै आएका छन् । उँभौली विभिन्न कार्यक्रमका साथ १५ दिनसम्म मनाउन चलन छ । नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधताभित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान झल्काएको छ ।
Comments