२ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ । उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्री दाहालले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिनुभएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।
उहाँले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशित गर्नुभएको छ । प्रधानमन्त्री दाहालको निर्देशनपछि उपप्रधानमन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थाल्नुभएको उहाँको सचिवालयले जनाएको छ । आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।
स्वच्छ पत्रकारिता गर्दै स्वदेश तथा विदेशका हजारौँ वेसाहाराहरूको साहार रवि लामिछाने आम नेपालीहरूको सपनाको देश अमेरिकाको नागरिकता त्यागेर नेपाल आए । उनले समाजलाई रुपान्तरण गर्न स्वच्छ पत्रकारिताले मात्र नपुग्ने महशुस गरी लाखौँ उर्जावान समुहहरूको साथ र सहयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गठन गरे । ठूला दलहरूले जनताको मन जित्ने नारा राम्रै दिने तर निर्वाचित भएपछि भ्रष्टचारमा चुर्लुम्म डुव्ने, खाली सत्ताको भागबन्डामा अधिकांश समय व्यथित गर्ने, जनअपेक्षाअनुसार काम नगर्ने आदित्यादि कारण जनताहरू वैकल्पिक शक्तिको खोजिमा थिए । त्यो भोट स्वत: स्फूर्त रविको पार्टीले पायो र स्थापनाको छोटो समयमा नै देशकै चौथो ठूलो पार्टी बन्न पुग्यो ।
हिजो सरकारको व्यथिति र भ्रष्टचारको तिव्र विरोध गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि यतिखेर उपप्रधान तथा गृहमन्त्री भएका छन् । आम नेपालीहरूले अहिले उनलाई र उनको पार्टीबाट मन्त्री भएकाहरूलाई चासो र व्यग्र उत्शुक्ताका साथ हेरेका छन् । आम नेपालीहरूको आशा र भरोशा निराशामा परिनत नहोस् । कुनै पनि भ्रष्टचारीहरूले उन्मुक्ति नपाउँने गरी सम्पूर्ण भ्रष्टचारीहरूलाई कारवाही होस् भन्दै भूगोलपार्क उपप्रधान तथा गृहमन्त्री रविसँग जोडदार माग गर्दछ । अन्यथा जसरी ठूला दलप्रति जनतामा वितृष्णा पैदा भएको ठिक त्यसैगरी रवि र उसको पार्टीप्रति पनि वितृष्णा पैदा नहोला भन्न सकिन्न ।
Comments