प्रधानमन्त्रीद्वारा २० सदस्यीय मन्त्रीपरिषद विस्तार

२३ फाल्गुन, २०८०,१८:५८

२३ फागुन,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यलयमा पत्र पठाएसँगै १९ मन्त्रीहरूको सपथग्रहण हुने भएको छ । एमालेबाट ८, माओवादीबाट ४, रास्वपाबाट ४ र नेकपा एकिकृत समाजवादीबाट २ जना मन्त्री बनेका छन् ।

एमालेका मन्त्रीहरूमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेट, कानुन तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेति, महिला बालबालिका तथा समाजकल्याणमन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्र राई, उद्योगमन्त्री दामोदर भण्डारी, कृषिमन्त्री ज्वालाकुमारी साह र भूमि व्यवस्थामन्त्री बलराम अधिकारी रहेका छन् ।

त्यस्तै माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, उर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री हितबहादुर तमाङ रहेका छन् । त्यस्तैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने, श्रममन्त्री डीपी अर्याल, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ रहेका छन् ।

साथै, नेकपा (एस) बाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र धनबहादुर बुढा सहरी विकास मन्त्री रहेका छन् ।

नवनियुक्त उपप्रधान मन्त्री तथा मन्त्रीहरूलाई हार्दिक बधाई एवं सफल कार्यकालका लागि भूगोलपार्कको तर्फबाट हार्दिक शुभकामना । आगामी दिनमा जनभावनाअनुसार काम गरी आर्थिक क्रान्तिले छलाङ मार्न सफलहोस् ।


333 Views

Comments