आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कन्फ्रेन्स हायात होटेलमा भब्य रुपमा सम्पन्न

१६ बैशाख, २०८१,१२:४८

२१ फागुन,काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कन्फ्रेन्स हायात होटेलमा भब्य रुपमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न मन्त्री र सरोकार समूहहरूको सहभागिता रहेको थियो । सरकारले आयोजना गरेको सो कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले अध्यक्षता गर्नुभएको थियो । अन्य आयोजकमा Nepal Academy of science and Technology(NAST), Robotics Association of Nepal (RAN), The Asian Foundation, Frost Digital Ventures,Association of Engineering Colleges of Nepal (AECON) रहेका थिए । सहयोगी पाटनरमा UNDP Nepal, FNCCI,Fusemachines and Premier Internation school रहेको थियो ।

एआईलाई भविश्यको प्रक्षेपण गर्न सक्षम प्रविधिका रुपमा विश्वले हेर्ने गरेका छन् । यद्यपि समाचार शिर्षक बन्न सफल च्याटबटहरू केवल सानो उदाहरण मात्र हुन । लिखित अक्षर, भाषण, कला तथा भिडियोहरू सिर्जना गर्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई)हरू तिव्र गतिमा विकसित भइरहेकाले यसले शासन प्रणाली व्यापार व्यवसायदेखि आम जनताको जीवनमा समेत दीर्घकालीन प्रभाव पारेको विषयमा विभिन्न व्यक्तिहरूले प्रकाश पार्नुभएको थियो ।



153 Views

Comments