इलाम-२ बाट १०० प्रतिशत रास्वपाका उम्मेदवारले नै जित्छन् : शिशिर खनाल

१० बैशाख, २०८१,१०:१९

२० फागुन, काठमाडौँ । रास्वपाका प्रतिनिधि सभा सांसद एवं पूर्व शिक्षामन्त्री माननीय शिशिर खनालका बुवा सरकारी जागिरे भएका कारण उनको बाल्यकालको उमेर बुवासँगै भएकाले बालशिक्षा मुस्ताङमा भयो भने एसएलसीभन्दा मुनीको शिक्षा बुवासँगै धेरै जिल्लामा अध्ययन गर्दै विताए । उनले काठमाडौँको त्रिचन्द्र कलेजबाट आइएस्सी, अमेरिकाको ब्रिजपोर्ट युनिभर्सि विश्वविद्यालयबाट राजनैतिक अर्थशास्त्रमा स्नातक र अमेरिकाको युनिभर्सि अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् । हाल उनी टोखा १० काठमाडौँका स्थायी बासिन्दा हुन् ।

विद्यार्थी जीवनदेखि नै विभिन्न सामाजिक तथा अतिरिक्त क्रियाकलापमा रुची राख्ने खनाल सामाजिक र शैक्षिक क्षेत्रका अभियन्ता एवं सफल उद्यमीको रुपमा समेत परिचित छन् । गत २०७९ साल मंसिरमा भएको आमनिर्वाचनमा प्रतिनिधि सभातर्फ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट उनी निर्वाचित भएका हुन ।

उनै मुर्धन्य व्यक्ति एवं शिक्षाविद् माननीय शिशिर खनालसँग भूगोल पार्कका समाचारदाता करुण सिंहले “सांसदसँग समकालिन संवाद” मा गरिएको कुराकानीका सम्पादित अंश :

आगामी वैशाख-१५ मा इलाम-२ र बझाङ-१ (क) मा हुनलागेको उपनिर्वाचन कुन दलले जित्ला ?

तपाईहरूलाई सर्वविधितै छ, नेकपा एमालेका नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भद्रौ-२६ मा निधन भएपछि प्रतिनिधि सभातर्फ इलाम-२ रिक्त भएको थियो । त्यस्तै,प्रदेश सभा बझाङ-१ (क) बाट निर्वाचित सांसद पृथ्वीबहादुर सिंहको असार ५ गते सवारी दुर्घटनाका कारण रिक्त भएको थियो । त्यसैले निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ इलाम-२ र प्रदेश सभातर्फ बझाङ-१ (क) मा आगामी वैशाख-१५ उपनिर्वाचनमा गर्न लागेको हो ।

इलाम-२ बाट १०० प्रतिशत रास्वपाका उम्मेदवारले नै जित्छन् । हाम्रो जस्तो गरिब मुलुकमा प्रादेशिक संरचना नै खारिज हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घोषणापत्रमा नै उल्लेख भएकाले हामी प्रदेश सभा बझाङ-१ (क) मा उम्मेदवार दिदैनौँ ।

पदाधिकारीको छलफल पश्चात जनअपेक्षाअनुरुप इलामेली जनताको चाहाना,त्यहाको जनसाङ्खिक माहोल ग्राउण्डलेवलबाट नै थाहा पाउन पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा ७ जना सांसदलाई स्थानीयसँग भेटघाट, उपनिर्वाचनको तयारी र जनगुनासो सुन्ने कार्यक्रमका लागि परिचालन गरिएको छ । सोत स्फूर्त रुपमा इलामेली जनता रास्वपामा गोलवन्ध हुनेक्रम दिनानुदिन बढ्दै गएको छ । रास्वपाको नेतृत्वमामात्र आर्थिक रूपमा आमूल परिवर्तन हुने कुरा सचेत इलामेली जनतालाई थाहा भएकाले जसरी तनहुँबाट भारी मतले जित्यौँ,ठिक त्यसैगरी इलाम-२ बाट १०० प्रतिशत हामीले नै जित्छौँ र अहिले २१ सांसद रहेकोमा उपनिर्वाचनपछि २२ सांसद हुनेछौँ ।

विद्यार्थी जीवनदेखि नै विभिन्न सामाजिक तथा अतिरिक्त क्रियाकलापमा रुची राख्ने तपाई सामाजिक र शैक्षिक क्षेत्रका अभियन्ता एवं सफल उद्यमी हुनुहुन्छ । यस विषयमा तपाईले के-कस्ता काम गर्नुभयो ?

मैले सर्वोदय अभियानअन्तर्गत विश्वका केही मुलुकमा सामाजिक विकास र प्राकृतिक प्रकोप व्यवस्थापन सम्बन्धी काम गर्ने शिलशिलामा श्रीलंका र अमेरिकाको ग्रामिण इलाकामा काम गरेको थिए । त्यसैको अनुभवमा नेपालको गाउँगाउँमा गएर हाम्रो टिमले श्रमदान गर्ने गर्थ्यो । साथै, नेपालमा ‘टिच फर नेपाल’ संस्थाको सहसंस्थापक भए । सरकारी विद्यालयमा अंग्रेजी, गणित र साइन्स विषयमा अधिकांश ग्रामिण इलाकाका विद्यार्थी अनुतिर्ण भएको देखेर २०६९/७० सालमा ललितपुरको दक्षिणी भेग तमाङ बाहुल्य भएको सरकारी विद्यालयमा ‘टिच फर नेपाल’ले पढाउँन सुरु गर्यो ।

पहिला एक जना पनि विद्यार्थी पास नभएको ठाउँबाट नै राम्रो शिक्षक पाएकाले एक जना तमाङ छात्राले अमेरिकाको छात्रवृत्ति पाइन । हाम्रो संस्था ‘टिच फर नेपाल’ ले सरकारी विद्यालय क्षेत्रबाट हजारौं विद्यार्थीहरूसँग काम गरेको छ । जसले गर्दा म नेपालको शिक्षा क्षेत्रसँग पनि नजिकबाट परिचित छु । सो संस्थामा मैले ७ वर्ष काम गरे । म उद्यमी पनि हो । ४५ जना कर्मचारीलाई मैले प्रत्यक्ष रोजगारी दिएको छु ।

तपाईको राजनीतिक यात्राका बारेमा बताइदिनुहोस् ?

०७४ मा स्थानीय तहको निर्वाचन पश्चात मैले तुल्सीपुर उपमहानगरपालिका दाङको शिक्षा सल्लाहकार भएर पनि काम गरे । कोरणा महामारीको समयमा मैले साथीहरूसँग मिलेर ‘पिक एण्ड ड्रप’ नामको कम्पनी सथापना गरेर काम गरेको थिए । कोरणामहामारीमा पूर्व जानकारी नदिइ रातारात लकडाउन सरकारले गरी दिदा लाखौँ श्रमिक बेरोज भएपछि घरफर्कन थाले । तर सरकारले भ्याली बाहिर सार्वजनिक यातयात चल्न नदिएकाले छटपटाएका श्रमिकहरूका लागि काम गर्यौ ।

समयमा नै शिक्षा ऐन नबन्दा लाखौँ विद्यार्थीहरूको भविश्यमा खेलबाड भइरहेको देखेर राजनीतिक दलमा आवद्ध हुने निधो गरेको समयमा नै रास्वपाको उदय भयो र रास्वपाको प्रचारप्रसारमा जुट्यौँ । रास्वपाले टिकट पनि दियो र सांसदहुँदै २०/२१ दिन शिक्षा मन्त्री समेत भए ।

छोटो समय भएपनि शिक्षामन्त्री हुनुभएको तपाईले शिक्षा क्षेत्रमा के त्यस्ता उल्लेखनीय काम गर्नुभयो ?

शिक्षा क्षेत्रमा भइरहेका राजनीतिक दलहरूबाट अपेक्षा अनुसारको काम भएको थिएन । म शिक्षामन्त्री भएपछि माघ ३ गते एउटा समाचारले किताब नपुगेको कुरा प्रकाशित गर्यो र मैले फलोअप गर्दै गए । नेपालमा पहिलो पटक मेरै पालामा दूरदराजका विद्यार्थीहरूले किताब पाउन सके । विदेशमा पढन जानको लागि एनओसी लिन भोग्नुपरेको सास्तिलाई देखेर अनलाईन गर्यौँ । त्यो धेरैहदसम्म पूरा भयो । विश्वविद्यालयको भर्ना गर्ने, परीक्षा लिने र नतिजा सार्वजनिक गर्ने क्यालेण्डर नै बनाउँन लगाए । जुन अहिले कार्यन्वयन भएको छ ।

१६ लाख विद्यार्थी विदेश अध्ययनका लागि विभिन्न देशहरूमा गएका छन् । तिनीहरू किन गएका होलान र तिनलाई रोक्न के गर्नुपर्ला ?

यो पक्कै पनि चिन्ताजनक तथ्यांक हो । यसबाट हामी चिन्तित छौँ । पहिलो नेपालमा केही उद्यम गर्हौ भने नीतिगत बाधाअर्चनहरू धेरै छन् । दोस्रो लोन लिन व्यावसायबाट आम्दानी भएको हुनुपर्छ । त्यसैले सुरुमा उद्यमीले सहुलियत लोनको त कुरै छाडौँ लोन नै पाउँदैनन् । फेरि ग्राजुएसन गर्न विदेशमा ४ वर्ष समय लाग्नेमा नेपालमा ६ वर्ष लाग्ने गरेको छ । पास भएपछि पनि रोजगारीको ज्ञारेन्टी छैन् । विश्व ग्लोबलाइजेसन भइसकेकाले छोटो समयमा पढाइ सकेर रोजगारीको ज्ञारेन्टी हुने मुलुकमा जाने गर्छन् । अर्को नेपालमा रोजगारी पाइहाले पनि परिवार पाल्न चाहिने औषत रकमभन्दा पनि न्यून पारीश्रमिक हुन्छ । त्यसैले विद्यार्थी विदेश अध्ययनका लागि विभिन्न देशहरूमा गएका हुन । तिनीहरूलाई विदेश जानबाट रोक्न नीतिगत सुधार राज्यले अविलम्व गर्नुपर्छ ।

जनताको पक्षमा सांसदको हैसियतले के काम गरिरहनुभएको छ ?

सांसदको काम नीति नियम बनाउँने भएपनि वडा, पालिका, प्रदेश र संघमा जनताको मागलाई घनिभूत रुपमा उठाउने मात्र नभइ काम समेत गरेको छु । रिङरोड भित्र धेरै हदसम्म मेलम्चीको पानी जनतालाई खुवाउँन सफल भएको छु । मेरो अवको ध्यान रिङरोड बाहिरका जनतालाई मेलम्चीको पानी खुवाउँने हुनेछ । यसरी मैले जनचासोको क्षेत्रमा सबैसँग सहकार्य गरेर काम गरेको पनि छु र पूरा गरेको पनि छु । मन्त्रीलाई झैँ अधिकार नहुनाले जनताको सरोकारका विषयमा काम गर्न चुनौति भने छ ।

एक दिन संसद चलाउँन १० लाख खर्च लाग्दो रहेछ । जनताको गाँस कटाएर तिरेको करबाट सांसदले तलब-भत्ता लिने गरेका छन् । उनै जनताको बारेमा तपाई र तपाईको पार्टीले सदनमा कस्तो भूमिका निरवाह गर्नुभएको छ ?

एक दिन संसद चलाउँन १० लाख खर्च लाग्ने डाटा हाम्रो पार्टीले नै निकालेको हो । संसदको बैठकमा जनजिविकाको विषयमाभन्दा सांसदहरूबीच दोहोरीमात्र चल्ने गरेको कुरा आंशिकमात्र सत्य हो । संसदको बैठकमा जनताको पीडाको विषय उठान हुन्छ तर विभागीय मन्त्रीले जवाफ कम दिने वा आलटाल गर्ने गरेको कुरा चाँहि सत्य हो । सदनमा जवाफदेहिता प्रणाली चुस्तदुरुस्त नहुनाले समयमानै ल्याउँनुपर्ने विधेक ल्याइदैन र ल्याइहाले पनि दलीय स्वर्थहावी हुनाले कानुन बनाउँने थलो संसदले प्रभावकारी भूमिका अझैँ खेल्न सकेको छैन् । कैयौँ नेपाली सांसदहरूलाई पर्याप्त ज्ञान र गहन अध्ययनको कमी छ ।

पहिलाका सरकार र सांसदहरूले गरेका कामलाई उल्लेख गरी निकालेको पुस्तक तथा अन्य देश विदेशका नेता र सांसदले गरेका काम समेटिएको पुस्तक नेपालका लाइब्रेरीमा पाइदैन । तर भारतमा १८/१९ लाख पुस्तक भएको लाइब्रेरीमा सो सम्बन्धी पुस्तक सांसदहरूले पढ्न पाउँदा रहेछन् । यानी पहिलाका सरकार र सांसदले गरेका काम समेटेर लेखेको पुस्तक पढ्न पाइदो रहेछ । हरेक दिन संसदको बैठक बसेको १ घण्टामा सांसदले उठाएको प्रश्नको जवाफ मन्त्रीले दिने गर्दा रहेछन् ।

हाम्रो पार्टीको सदनमा उपस्थितिपछि तथ्यपरक ढङ्गले हामीले पनि छलफल गर्न पाएको भन्दै अन्य दलका सभासदहरू खुसी हुनुहुन्छ । संसदमा जनताको पक्षमा आवाज उठाउनुको अलवा विधेकहरूको बारेमा घनिभूत छलफल हुन्छ ।

प्रतिपक्ष दलको हिसावले २१ वटा राष्ट्रिय आयोजनाहरू समयमानै बन्नुपर्छ भनि आवाज उठाएका छौँ । आफू र आफ्नो पार्टीले क्याम्पेन गरेको मुद्दालाई सदनमा जोडदार रुपले उठाएका छौँ । शिक्षा विधेकमा १३२ बुदामा संशोधन हालेका छौँ । आउदो विधेकमा हामी सरकारलाई सुझाव र संशोधन हाल्दै जानेछौँ ।

तपाईको दल सरकारमा जाने विषयमा भावियोजना के छ ?

गठबन्धन नगरी कुनै दलको पनि एकल सरकार नबन्ने भएकाले सरकार बन्ने र भत्कने गर्छ । हाम्रो दल प्रकृतिक रुपमा पनि संसदको चौथो ठूलो दलको हैसीयतले हाम्रो पार्टीको ऐजेण्डा पूरा गर्न सरकारमा जान पनि सक्छौँ । तर हामी सत्ताका भोगी भने होइनौँ । जनताको कतिपय माग पूरा गर्नका लागि सरकारमा जानुपर्ने हुन्छ ।



123 Views

Comments