फाल्गुन १४, २०८० 

काठ्माडौँ- राहादानी विभागामा राहादानी बनाउँने विहान देखि साँझ सम्मको ताँति बसिरहेको र..." />

युवा पुस्ता दैनिक हाजारैको संख्यामा विदेश पलाईन हुनु रहर कि वाध्यता ?

Bhugolpark

१५ बैशाख, २०८१,१७:३३

फाल्गुन १४, २०८० 

काठ्माडौँ- राहादानी विभागामा राहादानी बनाउँने विहान देखि साँझ सम्मको ताँति बसिरहेको र दैनिक हजारैँको संख्यामा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा देशले नै आशा र भरोसा गरेका युवा विदेश जाने लागेको समाचार र दृश्य तपाई हाम्रो लागि कुनै  नौँलो भने होईन । केही समय अगाडी  प्रकाशित तथ्याङ्का सुन्दा काहाली लाग्दो छ । यो देश बाट १६ लाख नेपालीले देश छाडेछन् । ७० हजारले नेपाली नागरिकता र पास्पोर्ट नै त्यागेर विदेशी नागरिक भएछन् । हाम्रो पुर्खाको रगत र वलिदानले जोगीएको राष्ट्र«र,राष्ट्रियता  सँगै नेपाल र नेपालीको सान ७० हाजरको नेपाली नागरिकको लागि भने प्यारो लागेको छैन । तपाईलाई लाग्न सक्छ, ये देश छोड्ने व्याक्ति कति स्वार्थि होलान भन्ने र फेरी तपाईको मनमा लाग्यो होला १६ लाख मध्य अव कति फर्केलान् । 

नेपाली नागरिक बाट विदेशी नागरिक भएका ७० हजार नेपाली नागरिकहरुले यो देशमा अवसर नभेटेर विदेशी बने तर उनीहरुका नाता गोता भने नेपाली नै होलान् । नातागोता भेट्नको लागि आफ्नै देशमा भिजिट भिषामा आउँनु पर्ने हुन्छ । उनिहरुले देश छोडे यो डरलाग्दो तथ्याँकले राष्ट्रवादी नेता माथी भने प्रश्न उठाएको छ । नेपाली नागरिकता त्याग्न तयार हुने अवस्था अहिलेको नेत्रित्वले किन शिर्जना गर्दै छ । नागरिकलाई नै देश प्रतिको माया लाग्न छाड्यो भने यो देशका नेताले कस्का लागि राजनीति गर्छन् । तपाई हामीलाई यो पनि थाहा छ कि हाम्रो गाउँघर देखि सहर सम्मका प्रत्येक घरमा एक एक जना युवाहरु विदेशीनु बाध्यतानै वनेको छ । घर छोड्दा आमाको पाउ छोएर खादा माला लगाएर, साना साना लाला बाला त्यागेर,विमान स्थलमा धर्ति माताको पाउ छोएर जानेहरु आफ्नो जन्म भुमी फर्किन चाहेनन् ।

 नेताका चुनावी घोषण पत्र र सरकारका योजनामा युवा पुस्ताहरु सँधै प्राथमिकतामा परि रहेका हुन्छन् तर कागाजी प्रथमिकतामा मात्र सिमित भएका छन् ।  सामान्य गाँस, वास र कापस या भनै समान्य दैनिकी सम्म नचलेपछि विदेशीनु बाध्यता बनेको छ । नेपालको इतिहासमा राजतन्त्र देखि गणतन्त्रसम्म युवालाई अलमलाएर नै राखेका छन् । हिजो देशको रक्षा गर्नको लागि सेनामा भर्ति हुन चाहानेहरु अहिले अरुको देशको रक्षाका लागि ज्यानको वाजि थापी रहेका छन् । उनीहरुको आश यति मात्र हो, आफु र आफ्नो परिवारको भविष्यमका लागि केही गर्न सकिन्छ भनेर । केन्द्र देखि स्थानिय सरकारले नै योजना बनाएपनि नत सरकारले पत्यायो नत युवाले नै रोजगार पाउँन सकेका छन् । 

कोरीया जानको लागि युवाले ज्यान गुमाएको  हामी माझ ताजा नै छ । यहि विषयमा सांसदमा संसदहरु बिच जुहारी खेल्ने राम्रो वातावरण शिर्जना भएको छ । कामका सिलशिलामा विदेशीएकाहरु काठको बाकसमा फर्किनु पर्ने बाध्यता समाजलाई थाहा नभएको होईन तर आफु बाँच्न र परिवारको उज्वल भविष्यका लागि युवाहरु जुनसुकै जोखिम मोल्नपनि तयार देखिन्छन् । देशमा लगानिको वातावरण नहुनु, उद्योग कलकारखाना नखोल्नु महँगीले आकाश छुनु युवा पलायनको क्रम काहाली लाग्दो छ । हिमाल देखि तराईसम्म गाउँनै खालि गर्ने गरि युवा विदेश पलाएन हँुदा पनि राज्य टुलुटुलु हेरेर बसिरहेको छ । राज्यले यसलाई रोक्ने काम गर्ने भन्दा रेमिट्यान्स भित्र्याउँन तिर तत्पर देखिन्छन् । यही रेमिट्यान्स राज्यको लागि अर्थतन्त्रको वलियो आधार बनेको छ । युवाका नारा बोकेका युवा नेताहरु बुढा भैसक्दा पनि जनताको समस्या जहाँको त्यँही छ । यस्तो हुदा पनि केही  सुधार भने भएको छैन ।

 आखिर ७० हजार नेपालीलाई देशको माया किन लागेन ? किन गैर नागरिकको बाटो चुने ? १६ लाख नागरिक रोजगारको लागि विदेशीनु पर्ने बाध्यता कसरी आईप¥यो । राहादानी विभाग काठ्माडौँ बाट मात्र दैनिक  ५०० को सँख्यामा किन राहादानी बाँडि रहेको छ । गरे आफ्नै देशमा हुन्छ भन्ने आशा किन मार्दै गईरहेका छन् ।  राज्यले रोजगारी दिन नसक्ने,निजी क्षेत्र सुस्ताउँने र राजनितीले आशा दिन नसक्नु पनि एउटा कारण होला तर आज यो देश बन्दैन देशमा केही हुँदैन र देशमा केही गर्न सकिदैन भन्ने भाष्य किन निर्माण हुँदै छ । गाउँ रित्तीने खेतबारी बाँजो हुने अवस्था आउँदा पनि राज्यले किन मौन बनि वसिरहेको  छ । यति मात्र नभएर बैंक तथा वित्तिय संस्था बाट केही गर्न भनि ल्याएको ऋण तिर्न नसकेका कारण मृत्युको बाटो अगाल्नु परेको, सडकमा बास वस्नु परेको सरकाले किन देखी रहेको छैन । के यो देश साँच्चै विचौलिया र माफियाको लागि मात्रै उर्वर भुमि हो त ? देश छोड्ने नागरिकको सँख्या दिन प्रतिदिन किन बढ्दै छ ? यो अवस्थाको मुख्य जड के हो ? के यस्तो अवस्थाले देशको मुहार फेरिएला त ? यदि यो कुराका समयमानै समधान नभए हाम्रो देश वृद्धाआश्रमको रुपलिन कुनै समय लाग्दैन ।  त्यसैले समयमा नै समस्या समधानको उपाए खोज्न र निराकारण गर्न सम्वन्धित निकाय लाग्नु पर्ने देखिन्छ ।


86 Views

Comments