कीर्तिमानी पर्वतारोही मिङ्मा डेविड (ग्याबु) शेर्पा पेशाले माउन्टेन गाइट हुन् । उनले सबैभन्दा कम उमेर ३० वर्षमा आठ..." />
मिङ्मा डेविड शेर्पाको ‘स्टेट थ्रि केटियम’ जसले देखे देशलाई समृद्ध बनाउने सपना

Bhugolpark

७ बैशाख, २०८१,१२:१०

कीर्तिमानी पर्वतारोही मिङ्मा डेविड (ग्याबु) शेर्पा पेशाले माउन्टेन गाइट हुन् । उनले सबैभन्दा कम उमेर ३० वर्षमा आठ हजार मिटर उचाइका १४ वटा हिमाल चढेको रेकर्ड पनि बनाइसकेका छन् ।  

शेर्पा अहिले रेस्टुरेन्ट व्यवसायमा लागेका छन् । विशेषगरी पर्वतारोही हिमाल क्षेत्रकै पेशा, व्यवसायमा रमाउने गर्छन् । तर उनी रेष्टुरेन्टमार्फत पर्यटन व्यवसायमा लागेका हुन् । शेर्पाको रेष्टुरेन्ट सञ्चालनमा आएको करिब चार महिना भएको छ । उनले अरु पाँच जना साथीसँगको लगानीमा  ‘स्टेट थ्रि केटियम’ नामक रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । शेर्पाले भने, ‘हामी आफैले रेस्टुरेन्टको डिजाइनिङ गरेर सञ्चालनमा ल्याएका हौं ।’    

रेस्टुरेन्टमा भित्र, बिचमा र बाहिरगरी ३ वटा बार रहेको छ । यसैका आधार ‘स्टेट थ्रि केटियम’ रेष्टुरेन्टको नाम कायम गरिएको हो । शेर्पाले भने, ‘हामी छ जना नै विभिन्न पेशाबाट छौं । जस्तै पर्वतारोही, होटल व्यवसायी, बैंकरलगायत । रेस्टुरेन्टमा स्टाफहरु १४ जना छन् । करिब तीन करोड लगानी भएको छ रेस्टुरेन्टमा । मेरो लागि यो व्यवसाय नयाँ नै हो । सिक्दै र गर्दैछु ।’ 

गत वर्षको जनवरीमा अर्जेन्टिना एक्स्पडिशनको लागि जाने योजना थियो तर कोरोना संक्रमण दर फेरि बड्न थालेपछि योजना रद्द भयो । काठमाडौं फकेपछि मेरो साथी विश्व पुरीले रेस्टुरेन्ट बनाउन सुरु गरिरहेको थियो । त्यसपछि म पनि रेस्टुरेन्ट बनाउनेतिर लागे पुरीसँगै । यदि म अर्जेन्टिना गएको भए यसमा समावेश हुने थिइन ।   

रेस्टुरेन्ट सञ्चालन गर्ने पहिलेदेखि रुची थियो । रेस्टुरेन्ट र हिमाल आरोहण एक अर्कामा जोडिएको छ । हामीले विदेशी पर्यटकहरु ल्याएपछि, कस्तो खालको खाना, वातावरण उनीहरुले रुचाउँछन् रु भन्ने कुरा र आफ्नोलाई पनि लक्ष्य गरेर, विभिन्न क्षेत्रमा आवद्धले एक अर्कासँग जुड्नु पर्यो भन्ने भावले रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो । पर्वतारोहीहरुले पर्वतारोहीहरुलाई मात्र चिन्नुपर्छ भन्दा पनि कसैले बैंकर चिन्यो भने बैंकमा सजिलो हुन्छ । त्यही भएर विभिन्न क्षेत्रको हामी व्यवसायीहरु जोडिएका हौं । 

रेस्टुरेन्ट सञ्चालन गर्ने भनेको व्यवसाय नै गर्ने हो । तर, यो सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य भनेको विभिन्न क्षेत्रका व्यवसायीहरु, साहसिक व्यक्तिहरु, आरोहीहरुलाई कसरी एक अर्कासँग कनेक्ट गर्ने भन्ने हो । आरोहीहरुको केन्द्र कसरी बनाउने भने किसिमले नै रेष्टुरेन्ट सुरु गरेका हौं । 

यो रेष्टुरेन्टको विशेषता भनेको खाना, संगीत र चुस्की हो । हाम्रो रेस्टुरेन्टको मुख्य आकर्षक भनेको १४ पिक कक्टेल हो । १४ पिक कक्टेलमा १४ वाट आठ हजार भन्दा अग्ला हिमालहरुको उचाइ, कुन देशमा स्थित छ रु भन्ने कुराहरु देखाइएको छ । त्यसमा पनि रक्सीको स्तर उचाइ अनुसार, हिमालहरुको लोकल स्वाद दिन खोजेका छौं । सगरमाथा क्षेत्रका मानिसहरुले अहिले के खान्छ होइन, पहिले के खान्थ्यो रु भन्ने कुरासँग जोडेर त्यसको स्वादहरु निकालेर बन्छ १४ पिक कक्टेल । जस्तै धौलागिरी तिरको कुरा गर्नु पर्दा स्याउको स्वाद कक्टेलमा डिजाइन गरेर बनाइएको पाउँछ ।

आरोहणको लागि यो कक्टेल एक्दम आकर्षक छ । सगरमाथा क्षेत्रमा जाने क्रममा मलाई तीन जना बेलायतमा रेस्टुरेन्ट व्यवसायीले स्टेट थ्रि केटियम रेस्टुरेन्ट र १४ पिक कक्टेलको फ्रेन्चाइज बेलायतमा पनि लानुपर्यो भनेर प्रस्ताव पनि राखेका थिए । यसले पर्वतारोहणसँग सम्बन्धित जोडेको लोकल स्वाद दिन खोजेको छ र नेपाली अनुभूति दिन खोजिरहेको छ ।

    अष्ट्रेलियामा बार म्यान काम गरेर आएका एक जना भाइ हुनु हुन्छ । नेपालको बारलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने योजनाका साथ नेपाल आएका भाइले नै १४ पिक कक्टेलको अवधारणा ल्याएको हो । र, हाम्रो रेस्टुरेन्ट बारको व्यञ्जन सुची योजना, अवधारणाहरुको योजना उनले नेतृत्व गरिरहेको छ । भाइले १४ पिक कक्टेलको अवधारणा लिएर हामीलाई देखाएपछि हामीले स्वीकार गरी रेस्टुरेन्टमा १४ पिक कक्टेल राखी सञ्चालन गरिरहेका छौं । १४ पिक कक्टेलको लागि आउने ग्राहकहरु बढ्दो छ ।   

व्यवसाय राम्रो हुँर्दै गए आगामी दिनहरुमा यो रेष्टुरेन्टको फ्रान्चाइज (शाखा) अन्तर्राष्ट्रियस्तरसम्म लैजाने संभावना पनि छ । हाम्रो यो व्यवसाय राम्रो तरिकाले चल्यो भने ललितपुर, पोखरा, नाम्चे लगायत विभिन्न ठाउँमा बडाउँदै लैजाने योजना छ । समयमै कुनै पनि व्यवसाय सुरु गयो भने, आफैले आफैलाई व्यस्त राख्न सकिन्छ । सांगीतिक प्रस्तुतीका लागि नेपाल आएका अमेरिकन आइडलका उपविजेता नेपाली मुलका अमेरिकी गायक दिवेश पोखरेल ‘अर्थर गन’ले गत भदौ २ गते स्टेट थ्रि केटियममा आफ्नो प्रदर्शन गरेका थिए ।  


99 Views

Comments