फेब्रुअरी ११-१२ मा अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता

२३ बैशाख, २०८१,१२:२८

२८ माघ, काठमाडौं । रोबोटिक्स एशोसिएसन अफ नेपालले फेब्रुअरी ११-१२ मा अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता आयोजना गरेको छ । एशोसिएसनले आइतबार र सोमबार दुई दिनसम्म खेल्कुद परिषदको कबडहल त्रिपुरेश्वरमा अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता आयोजना गरेको हो ।

एशोसिएसनद्वारा जारी प्रेसविज्ञप्ति

रोबोटिक्स एशोसिएसन अफ नेपालले (RAN) नेपालमा विज्ञान, प्रविधि र उद्यमशीलतालाई सम्मान र प्रोत्साहन गर्दै हरेक वर्ष यन्त्र विज्ञान प्रविधि र उद्यमशीलता महोत्सव गर्दै आइरहेको छ | सन् २०११ मा पहिलो पटक राष्ट्रिय रोबोटिक्स प्रतियोगिताको रूपमा आयोजित यो महोत्सव आज देशकै लोकप्रिय र उत्कृष्ट रोबोटिक्स भेलाका रूपमा विकसित भएको छ । RAN ले १०० टिम र ३००० भन्दा बढी आगन्तुकहरुलाई सहभागी गराई सुदूरपश्चिम, कोशी तथा मधेश प्रदेशमा ३ भिन्न मिनी यन्त्र कार्यक्रमहरू आयोजना गरेको छ र यन्त्र लर्निङ अन्तर्गत अन्दाजी १००० युवाहरूलाई रोबोटिक्स र एआई सम्बन्धि तालिम प्रदान गरिसकेको छ । प्रतियोगिता सुरु भएदेखि हालसम्म १०,००० भन्दा बढी विद्यार्थीहरुले यसमा सहभागिता जनाएका छन् । बोटिक्स एसोसिएसन अफ नेपाल [RAN] ले अब यन्त्र ९.० विज्ञान, प्राविधिक तथा उद्यमशीलता महोत्सव २०२४ को छाता अन्तर्गत चारवटा प्रमुख कार्यक्रम आयोजना गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता [IRC] :

फेब्रुअरी ११-१२ मा यन्त्र वार्ज (Yantra Warz), यन्त्र अन्तर्राष्ट्रिय लिग (Robo-soccer), यन्त्र स्वरमानोइड (Yantra Swarmanoid), विरिन्ची कलेजद्वारा प्रस्तुत प्रेसिडेन्ट कप : यन्त्र टिन्स (Teens) र प्रेसिडेन्ट कप : यन्त्र किड्स (Kids) अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा भारत, बंगलादेश र आइभरी कोस्ट गरी विभिन्न देशका कूल १०० भन्दा बढी टिम सहभागिता जनाइरहेका छन् । नवौं यन्त्र महोत्सवका विजेताहरुले दस लाख रुपैयाँ भन्दा बढीको पुरस्कार प्राप्त गर्ने छन् । यंत्र बिजनेस कप [YBC] क) नेपाल फ्लाइङ ल्याब्सद्वारा प्रस्तुत यन्त्र एक्स्पो : फेब्रुअरी ११-१२ मा सनवे कलेजले वाइजयाक इङकको संलग्नतामा प्रस्तुत यन्त्र सफ्टबोट्स Al Hackathon फेब्रुअरी १५, १६ पिचिङ प्रतियोगिता : मार्च ३ एक्सपो र सफ्टबोट्सका विजेता र उपविजेताहरुलाई विभिन्न अवसर प्रदान गरी यन्त्र बिजनेस कपले नवप्रवर्तनलाई अर्को चरणमा लैजाने तयारी गरेको छ ।

सनवे कलेज, नामी, वाइजयाक इङक, किंग्स कलेज, नेपाल फ्लाइङ ल्याब्स, युथ इनोभेसन ल्याब र अन्य सम्मानित साझेदारहरूसँगको सहकार्यमा यन्त्र बिजनेश कपले यी प्रतिभाशाली व्यक्तिहरूलाई ६ महिनासम्म इन्क्युबट गर्नेछ । यन्त्रमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, एशोसिएसन अफ इन्जिनियरिङ्ग कलेज अफ नेपाल तथा एफ.एन.सी.सी.आईको पनि सहयोग रहेको छ। यस रणनीतिक पहलको उद्देश्य असाधारण परियोजनाहरूलाई पूर्ण स्टार्टअपहरूमा रूपान्तरण गर्ने, दीर्घकालीन वृद्धि र दिगोपनलाई बढावा दिने हो । यन्त्र बिजनेश कप नवप्रवर्तनको लागि उत्प्रेरकको रूपमा जारी छ, जसले महत्वाकांक्षी उद्यमीहरूलाई प्रोटोटाइपिङबाट प्रभावकारी व्यवसायहरू सम्मको यात्रामा समर्थन गर्दछ ।

यन्त्र इन्क्युबेशन प्रोडक्ट तथा बिजनेस, यन्त्र - रोबोटिक्स र एआई सम्मेलन नवौं यन्त्र महोत्सवले विभिन्न देशका सहभागीहरूलाई एकै ठाउँमा ल्याउने र रोबोटिक्स र AI को क्षेत्रमा भएका अविश्वसनीय प्रगतिहरू प्रदर्शन गर्दै गतिशील र आकर्षक उत्सव हुने प्रतिज्ञा गरेको छ । रोबोटिक्स एशोसिएसन अफ नेपाल प्रेरणा र शिक्षित गर्ने आफ्नो मिशनलाई निरन्तरता दिँदै, Yantra 9.0 भविष्यलाई आकार दिन नवप्रवर्तनको सम्भावनाको प्रमाणको रूपमा तालिम प्रदान गरिसकेको छ । प्रतियोगिता सुरु भएदेखि हालसम्म १०,००० भन्दा बढी विद्यार्थीहरुले यसमा सहभागिता जनाएका छन् ।



208 Views

Comments