अमेरिकी सांसदका उम्मेदवारमा नेपाली मूलका एड्रियन पोखरेलले गरे उम्मेदवारी दर्ता

२२ बैशाख, २०८१,१३:०८

सबै मिलेर नेपाल र नेपालीहरूका ढुकढुकी एड्रियन पोखरेललाई जिताऔँ

२५ माघ,काठमाडौँ । अमेरिकी सांसदका उम्मेदवारमा नेपाली मूलका दिग्गज एड्रियन पोखरेलले भर्जिनियाको राजधानी रिचमण्डमा आधिकारिक उम्मेदवारी दर्ता गराएका छन् । उनले भर्जिनियाको १० औं निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । पोखरेलले फेब्रुअरी ७ बुधबारका दिन भर्जिनियाको राजधानी रिचमण्डको गेन्सभिल शहरमा पुगी भर्जिनिया निर्वाचन समितिमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उनि डेमोक्र्याटिकको तर्फबाट २०२४ को नोभेम्बरमा हुने अमेरिकी संसद पदको लागि मैदानमा उत्रिएका हुन् । उनले डिसेम्बर १७ ,२०२३ आइतबारका दिन आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

उम्मेदवारी दर्तापछि पोखरेलले नेपालको एउटा सानो गाउँबाट अमेरिकी प्रजातन्त्रको मुटुसम्मको आफ्नो यात्रामा महत्वपूर्ण कोसेढुङ्गाको रुपमा रहेको रिचमण्डको भर्जिनिया निर्वाचन समितिमा उम्मेदवारी दर्ता गरेपछि घोषणा गरेका थिए । विज्ञप्तिमा पोखरेलले सेवा गर्ने मौका पाएमा आफूले वीर गोर्खाली राजा पृथ्वी नारायण शाह र वीर गोर्खालीको विश्वभरी रहेको पहिचानलाई थप उचाइमा पुर्याउन नेपाल र नेपालीहरूको हकहितको प्रतिनिधित्व गर्ने उद्देश्य राखेर उम्मेदवारी दिएको बताए । नेपालीहरूबीचको एकता र परिवर्तनको महत्वलाई जोड दिँदै उनले सबैको उज्जवल भविष्यका लागि काम गर्ने र कांग्रेसमा आफूले आवाज पुर्याउने प्रतिज्ञा गर्दै मतदातालाई निरन्तर साथ दिन आग्रह गरे ।

संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा, सैन्य सेवा र निजी क्षेत्रको अनुभवले गर्दा पोखरेल नेपालीको मात्र नभएर गोरा अमेरिकनलगायत आम भर्जिनियावासीको रोजाइका पात्र बन्दै गएका छन् । आफूले जितेको खण्डमा १० डलर पाउँनुपर्ने कामको मूल्य तीन डलर पाउँदै गरेका नेपालीहरूको हकहितका लागि, इलिगल रुपमा छिरेर अमेरिकामा दु:ख पाएका नेपालीका लागि, अमेरिकामा छरिएर बसेका नेपालीको लागि एवं नेपालमानै बस्ने वातावरणको सृजना गर्न नेपाल सरकारलाई सहयोग गर्नुपर्ने आवाज अमेरिकी संसदमा पुर्याउँनका लागि भएको बताए ।

उहाँको अभियान अहिले "यू म्याटर" को विषयवस्तु वरिपरि केन्द्रित छ । उनले भर्जिनिया जिल्लाका बासिन्दाहरूको आवश्यकतालाई प्राथमिकता दिन र वाशिंगटनमा उनीहरूको चासोको वकालत गर्ने लक्ष्य राखेका छन् । आफ्नो उम्मेदवारीसँगै पोखरेल देशभरका विभिन्न पृष्ठभूमिका उम्मेदवारहरूको समूहमा सामेल हुनुभएको छ, जसले देशभरका कांग्रेसका सिटहरूका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

उनको राजनीतिक यात्राले अमेरिकी सपनालाई पूरागर्न व्यक्तिहरूको शक्तिलाई उनीहरूको समुदाय र त्यसभन्दा बाहिरको अर्थपूर्ण परिवर्तनलाई प्रभाव पार्ने शक्तिका रुपमा प्रतिबिम्बित गर्दछ । एड्रियन भन्छन् कि “हामी पहुँचयोग्य स्वास्थ्य सेवा, आर्थिक समावेशीता, बलियो शिक्षा, सामुदायिक सुरक्षा र सशक्तीकरण, वातावरणीय जिम्मेवारी, दिग्गजहरू र सैन्य परिवारहरूको लागि व्यापक हकहित सुनिश्चित भएको जिल्लाको परिकल्पना गर्छौं ।

एड्रियन प्रतिज्ञा:

तपाईको प्रतिनिधिको हैसियतमा म, एड्रियन पोखरेल, अटल इमानदारी र पारदर्शिताका साथ सेवा गर्ने वाचा गर्दछु । म ध्यानपूर्वक सुन्ने, उद्देश्यका साथ सहयोग गर्ने र विश्वस्तताका साथ कार्य गर्ने वाचा गर्छु । मेरो प्रतिबद्धता भनेको हाम्रा सामूहिक मूल्यमान्यता र आकांक्षाहरू प्रतिबिम्बित गर्ने हो । साथै समाधानहरूको लागि अथक रूपमा वकालत गर्दै तपाईंका चिन्ताहरूलाई समाधान गर्नु हो। हामी सबै मिलेर १० औं जिल्लालाई आशा, प्रगति र एकताको दियोमा परिणत गर्नेछौं । म हाम्रो समुदायको शक्ति, लचिलोपन र भावनालाई प्रतिबिम्बित गर्ने, सबैका लागि समृद्धि र कल्याणको विरासत सुनिश्चित गर्ने भविष्य निर्माण गर्न समर्पित छु ।

उनले मतदाताहरूलाई ध्यानाकर्षण गर्दै निरन्तर समर्थनको लागि अनुरोध समेत गरेका छन् । उनले सबैका लागि उज्यालो भविष्य निर्माण गर्न हामी हाम्रो आवाज कांग्रेसमा पुर्‍याउने प्रयास गर्छौं भन्दै सबैलाई इतिहास निर्माण गर्न आह्वान गरेका छन ।

पोखरेल सेवानिवृत र युद्धमा घाइते भएका डिसएबल अर्थात् विकलाङ्ग हुन् । पूर्व अमेरिकी सैनिक तथा राष्ट्रिय सुरक्षा सेवा लगायतमा अनुभव बटुलेका पोखरेल भर्जिनियाको १० औं निर्वाचन क्षेत्रबाट करिव २ महिना अगाडी आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

उनको नेपाल मूल घर सुनसरी धरान विजयपुर हो । उनि अफगानिस्तानमा हुँदा युद्धमा घाइते भएका हुन् । उनको उम्मेदवारी भर्जिनिया राज्यको लागि राज्य जन प्रतिनिधि नभई सिधै अमेरिकी संसदका लागि उम्मेदवारी हो ।

भर्जिनियाको गेन्सभिल बसोबास गर्दै आएका एड्रियन पोखरेल एक अनुभवी समाजसेवी हुन् । पोखरेलले अमेरिकी राष्ट्रिय सुरक्षा र सामुदायिक सेवामा ३ दशकभन्दा बढीको अनुभव बोकेका छन् ।


238 Views

Comments