२४ माघ, काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.मा हाल रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा २०८० माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले दिपेश लम्साललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहनुभएको लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजिनामा पश्चात संचालक समितिको निर्णय बमोजिम निमित्त प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहनुभएको थियो ।
बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय, दरबारमार्गमा स्वागत कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाउनुभएको छ । साथै उहाँले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशील रहन समेत आग्रह गर्नुभएको छ । विगत १५ वर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ बर्षको बैकिङ्ग अनुभव रहेको छ ।
महालक्ष्मी विकास बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त हुनु भएकोमा भूगोल पार्कको तर्फबाट हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामनाका । साथै विगत २९ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएको उक्त बैंकले उहाँको कार्यकालमा अझ सेवाग्राहीले गुणस्तरीय सेवा र उच्चप्रतिफल पाउँन भन्ने कामनासमेत गर्दछौँ ।
Comments