राष्ट्रसङ्घविरुद्धको प्रदर्शनमा दश जना मारिए

Bhugolpark

१३ भाद्र, २०८०,१६:४३

गोमा (प्रजातान्त्रिक गणतन्त्र कङ्गो), १३ भदौ (रासस एएफपी):

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी शहर गोमामा एक धार्मिक समूहले आयोजना गरेको संयुक्त राष्ट्रसङ्घविरुद्धको नियोजित विरोधप्रदर्शन सैनिकहरूले रोक्ने प्रयास गरेपछि भएको झडपमा कम्तीमा १० जनाको मृत्यु भएको छ । प्रदर्शन आयोजना गर्ने समूहका सदस्य मोलेका मारेगानेले कङ्गोली सैनिकहरूले रेडियो स्टेशन र पूजास्थलमा छ जनाको हत्या गरेको बताएका छन् । अस्पतालका अधिकारीहरूले पनि ३३ जना घाइतेलाई भर्ना गरिएको तथा तीमध्ये तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

आक्रोशित भीडले एक जना प्रहरीलाई पनि मारेको सरकारी अधिकारीहरूले बताएका छन् । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सुव्यवस्था कायम गर्न सन् १९९९ देखि तैनाथ शान्ति सेना खनिजको भण्डार पूर्वी कङ्गोमा तैनाथ गरिएको छ । अतिवादीलाई ठेगान लगाउन नसकेकामा शान्ति सैन्य यहाँ निकै आलोचित छ । राष्ट्रसङ्घीय यो शान्ति मिशन सबैभन्दा ठूलो र महँगो हो । यसको वार्षिक बजेट चार अर्ब अमेरिकी डलर छ । शान्ति मिशनमा १६ हजार सैनिक छन् ।



119 Views

Comments