पाल्पामा जिप दुर्घटनामा परी तीनजनाको मृत्यु

Bhugolpark

१५ बैशाख, २०८१,११:००

भदौ १३, रामपुर (पाल्पा)  । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले जिपलाई पुरिदा तीनजनाको मृत्यु भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको छ, भने ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । उनीहरूको सनाखत हुन सकेको छैन ।



177 Views

Comments