बरामद सुन गालियो, गालेपछि ६० किलो ७१६ ग्राम

Bhugolpark

३० श्रावण, २०८०,१६:२३

साउन ३०,काठमाडौँ । तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुन आज टक्सार महाशाखामा गालिएको छ । महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा सुन गालिएको हो । तौल सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका अधिकारीले उक्त जानकारी दिएका हुन् ।

गालेपछि सुनका ३४ बिस्कुट बनेको जानकारी महाशाखाका अधिकारीले दिएका थिए । सुनको गुणस्तर कति हो भन्ने बारेका भनि थाहा पाउँन अझै ३ देखि ७ दिन लाग्ने बताइएको छ ।    

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । अहिले सुन तस्करीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।



370 Views

Comments