छैठौं संस्कणको बिआइबी भ्याली स्तरिय अन्तरविद्यालय बास्केटबल प्रतिष्पर्धा सुरु

Bhugolpark

७ बैशाख, २०८१,१४:२४

साउन २४, काठमाडौँ । विद्यार्थीलाई बास्केटबल प्रति लगाव र रुची बढाउनको लागि छैठौं संस्कणको बिआइबी भ्याली स्तरिय अन्तरविद्यालय बास्केटबल प्रतिष्पर्धा सुरु भएको छ । सन् २०१६ देखि सुरु भएको यो उपत्यका स्तरीय खेलमा पुरुषतर्फ २४ र महिलातर्फ १६ टीम सहभागि छन् ।

“हाम्रो अहिले उपत्यका केन्द्रित रहेर यो प्रतियोगिता आयोजना गरिरहेका छौं तर अब करिब २ वर्षमा हामी यसलाई राष्ट्रिय स्तरमा लैजाने तयारी गरिरहेका छौं ।,” बुद्ध एकेडेमीका प्रधानाध्यापक हरि लामाले बताए ।

कुल १० लाख बजेर सहित मंगलवारदेखि सुरु भएको यो प्रतियोगितामा २९ स्कुल सहभागि छन् । विजेता र उपविजेता स्कुललाई ट्रफीका साथ बिदाइ गरिनेछ ।

सन् २०२० र २०२१ मा कोभिडको कारण सम्पन्न हुन नसकेको यो प्रतियोगितामा सहभागि हुने स्कुलको संख्या बढ्दै गएको छ । अघिल्लो वर्ष पुरुषतर्फ १६ स्कुल र महिलातर्फ १२ स्कुल रहेकोमा यो वर्ष बढेर पुरुषतर्फ २४ र महिलातर्फ १६ पुगेको छ ।

अघिल्लो संस्करणमा बुद्ध एकेडेमीले बोइज तर्फको स्पर्धामा जित हासिल गरेको थियो भने गर्ल्स तर्फ भने भक्तपुर निष्ट विजेता बनेको थियो ।

“विद्यार्थीहरूमा खेलकुद प्रतिको रुची बढाउनको लागि हामीले यस किसिमको प्रतियोगिता आयोजना गर्दैछौं । यसका साथै विभिन्न स्कुलहरूबीच समन्वय र सहकार्य बढाउन जुन कुरा विद्यार्थीको हकमा पनि लागु हुन्छ त्यसमा केन्द्रित भएर हामी अघि बढिरहेका छौं ।” सहायक प्रिन्सिपल दिपेश महर्जनले भने ।

१८ दिनसम्म चल्ने यो प्रतियोगिता पुरुषतर्फ ८ पुल विथ ३ टीम र महिलातर्फ ४ पुल विथ ४ टीम फर्म्याटमा हुनेछ । लिग कम नक आउट अनुसार चल्ने यो खेलका सबै नियमहरु फिबा अनुसार हुने आयोजकले जानकारी दिएको छ ।

“धेरै वर्ष पहिला जब हामी खेल्ने गर्थ्यौं त्यो बेला हामी सबै टिभीमा हेर्थ्यौं र कोचहरूसँग त्यति अभ्यस्त थिएनौं । तर अहिले त्यो अवस्था फेरिएको छ । अहिलेका विद्दार्थीले त्यो भन्दा फरक सुविधा पाइरहेका छन् । जे कुरा हामीले पहिला पाएनौं त्यो अहिले हामीले दिने कोसिस गरिरहेका छौं ।,” पुर्व राष्ट्रिय बास्केटबल खेलाडी तथा आयोजक कमिटिका एक सदस्य सुब्रत राजोपाध्यायले बताए ।



109 Views

Comments