साउन २०, काठमाडौँ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष (एनओसी) अध्यक्ष जीवनराम श्रेष्ठले दुवै अन्तर्राष्ट्रिय प्रतियोगिताका खेलाडीहरूलाई बिदाइ गरेका छन् । एनओसी अध्यक्ष नेपाल आधुनिक प्यान्टाथलन एसोसिएसन २०२३ ड्रिम टुगेदर संयुक्त प्रशिक्षण शिविर र कोरियाको हेनाममा यही अगस्ट ७ देखि १७, २०२३ सम्म हुने हेनाम कोरिया खुला अन्तर्राष्ट्रिय प्रतियोगिताका खेलाडीहरूलाई बिदाइ गरेका छन् ।
अध्यक्ष श्रेष्ठले सहभागीहरूलाई शुभकामना दिँदै सहभागीहरूले विदेशमा राम्रो तालिम र अनुशासित भएर खेलकुद प्रतियोगितामा भाग लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफू र देशको शिर उचोराख्नको लागि पदक हासिल गर्नुपर्ने कुरामा जोड दिनुभयो । साथै, उहाँले उक्त प्रतियोगिता (Athlete)मा सहभागी हुन जानुहुने ज्ञानेन्द्र श्रेष्ठ नेतृत्वका खेलाडिहरू रामबहादुर घिमिरे, राहुल दर्शन, सोयाबमान श्रेष्ठ र शुलाभ सुनुवारलाईं पदक प्राप्तिको लागि समेत शुभकामना दिनुभयो ।
कार्यक्रममा एनओसीका महासचिव श्री नीलेन्द्रराज श्रेष्ठ, उपाध्यक्ष तथा ईडी चतुरानन्द राजवैद्य, सदस्य रमेश शिवाकोटी, नेपाल आधुनिक पेन्टाथलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष राजु दर्शन र कोषाध्यक्ष शैलेन्द्रमान श्रेष्ठको उपस्थिति रहेको थियो ।
Comments