महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

Bhugolpark

२ श्रावण, २०८०,१८:५७

महालक्ष्मी विकास बैंक लि.मा आजै खाता खोलि बैंकले प्रदान गर्दै आएको विभिन्न सामाजिक कार्यमा भागीदार बनी पुण्य कमाउनुहोस् !

साउन २, काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा आर्थिक बर्ष २०७९/८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालयहरू, स्वास्थ्य प्रतिष्ठान, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय तथा आश्रमहरूलाई विभिन्न सहयोगका कार्यक्रमहरू सम्पन्न गरेको छ ।

हाकिमचोक शाखाद्वारा गैडाकोट नगरपालिका वडा नं ३ मा अवस्थित भुजेल गाँउका अति विपन्न घरधुरीका लागि निर्मित ३५ वटा शौचालयको रंङ्गरोगन एवं सन्देशमुलक स्वास्थ्य तथा सरसफाई सम्बन्धी सन्देश लेखाइका निमित्त रोटरी क्लब अफ गैडाकोटलाई रु.दुई लाख पचास हजार बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । नेपालगंज शाखाद्वारा कोहलपुर नगरपालिका वडा नं ०९ मा अवस्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई स्वास्थ्य परिक्षणका लागि आवश्यक Ebra Mannheim, CHEM – 5v3 Semi Automated Biochemistry Analyzer मेसिन हस्तान्तरण गरिएको छ । साँफे शाखाद्वारा बान्नीगढी जयगढ गाँउपालिका वडा नं ०१ गाँज्रामा अवस्थित श्री राष्ट्रभाषा माध्यमिक विद्यालयलाई पर्खाल तथा खेल मैदान निर्माण र प्रभावकारी कक्षा सञ्चालनका लागि रु.एक लाख पचास हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ ।

त्यस्तै विराटनगर शाखाद्वारा विराटनगर नगरपालिका वडा नं ८ मा अवस्थित विराटेश्वर वृद्घाश्रम सेवा समितिलाई सभाहल निर्माणका निमित्त रु. पचास हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ ।सुर्खेत शाखाद्वारा बिरेन्द्रनगर नगरपालिका वडा नं १२ मा अवस्थित मानवसेवा आश्रमलाई खाद्यान्न, फलफुल, तरकारी तथा दैनिक अत्यावश्यक सामाग्री प्रदान गरिएको छ ।

त्यसैगरी बाँसगढी शाखाद्वारा बाँसगढी नगरपालिका वडा नं ०५ मा अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । चैनपुर शाखाद्वारा जयपृथ्वी नगरपालिका वडा नं ११, दैकुमालामा अवस्थित श्री नीलकट्टी माध्यमिक विद्यालयलाई तीस थान कुर्सी प्रदान गरिएको छ । भैरहवा शाखाद्वारा सिद्घार्थनगर नगरपलिका वडा नं ०२ मेउडिहवामा अवस्थित मेउडिहवा आधारभूत विद्यालयमा साइकल पार्किङ्ग स्थल निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

 

साथै, लाहान शाखाद्वारा लाहान नगरपालिका वडा नं १४, बस्तीपुरमा अवस्थित श्री आधारभूत विद्यालय बस्तीपुरमा अध्ययनरत विद्यार्थीहरूका लागि विद्यालय पोसाक तथा आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेडले विगत २९ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गरी नेपाली जनताको घरदैलोमा अविरल रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गरीरहेको छ ।  त्यसैले महालक्ष्मी विकास बैंक लि.मा आजै खाता खोलि बैंकले प्रदान गर्दै आएको विभिन्न सामाजिक कार्यमा भागीदार बनी पुण्य कमाउनुहोस् भन्ने कामना भूगोल पार्क गर्दछ ।


209 Views

Comments