तेईस अफगानीको आप्रवासी तस्करबाट उद्धार

Bhugolpark

२५ असार, २०८०,१५:५१

लिमा, असार २५ (रासस-सिन्ह्वा) :

 पेरूका अधिकारीहरूले ब्राजिलसँग सीमा जोडिएका आप्रवासी तस्करहरूबाट आइतबार २३ जना अफगानीलाई उद्धार गरेको पेरूको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । इक्वेडर जाने प्रयास गरिरहेका ती आप्रवासीले मानव तस्करलाई पैसा तिरेर उनीहरूलाई देश भरि र उत्तरी सीमासम्म पुर्याएको अभियोजनकर्ताहरूले बताएका छन् । तर पेरू–ब्राजिल सीमामा पर्ने माद्रे दे डायोस विभागको इनापारी गाउँमा उनीहरूले आफ्नो पैसा ठगेर एउटा घरमा अलपत्र छोडेको सरकारी वकिलको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई खाना र उचित बासको प्रवन्ध नगरिकन सबै जनालाई एउटै घरमा छोठिदिएको विज्ञप्तिमा उल्लेख छ । यसरी त्यहाँ छोडिएकामध्ये दुई महिनाको शिशुसहित चार जना बालबालिकाको मृत्यु भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । अभियोजनकर्ताहरूले आप्रवासीहरूले तस्करहरूलाई कति रकम तिरेका थिए भन्ने बारे केही बताएका छैनन् । इक्वेडरसँगको पेरूको उत्तरी सीमा नजिकैको टम्बेस शहरमा जानुअघि अफगानीहरूलाई क्षेत्रीय शहरमा स्थानान्तरण गरिने र त्यसपछि राजधानी लिमामा लगिने विश्वास दिलाइएको थियो ।



184 Views

Comments