असार १२, काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनैको निवास नक्सालबाट पक्राउ हो ।
ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका छन् । उनी प्रहरीको फरारको सूचीमा रहेका थिए । यस प्रकरणमा गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतो सबैभन्दा धेरै जग्गा खरिद गरेको पाइएको थियो ।
२०७७ सालमा विशेष अदालतले व्यवसायी गुरुङसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको थियो । मुद्दा दायर भएको एक वर्षपछि उनी अदालतमा उपस्थित भएका थिए ।
भूगोल पार्कको दृष्टिकोणमा बालुवाटारको ललिता निवास प्रकरणका आरोपित मीनबहादुर गुरुङ पक्राउ पर्नु स्वागतयोग्य कुरा हो । अब सरकारले खुट्टा नकमाई ललिता निवास प्रकरणका दोषी जो कोही भएपनि उनीहरूसँग विगो बमोजिमको साँवा र ब्याज उसुलउपर गरी कानून बमोजिम कार्वाही गरोस् भन्ने कामनासमेत गर्दछौँ ।
Comments