ट्युनिसियास्थित ब्राजिलको दूतावासमा छुरा प्रहार : सुरक्षाकर्मीको मृत्यु

Bhugolpark

२० बैशाख, २०८१,१५:१३

ट्युनिस, ५ असार, (रासस-सिन्ह्वा) ।

 ट्युनिसियाको राजधानी ट्युनिसमा रहेको ब्राजिलको दूतावास बाहिर सोमबार बिहान छुरा प्रहारबाट गम्भीर घाइते भएका सुरक्षा अधिकारीको उपचारकाक्रममा मृत्यु भएको ट्युनिस अफ्रिक प्रेस (ट्याप) ले जनाएको छ । ट्युनिसियाको आन्तरिक मन्त्रालयको सूचना तथा सञ्चार कार्यालयका प्रमुख फकर बोउजघियालाई उद्धृत गर्दै ट्यापले उल्लेख गरेको छ, "आक्रमणकारी ५३ वर्षीय विश्वविद्यालयका प्राध्यापक हुन् ।" बोउजघियाका अनुसार संदिग्धको कुनै आपराधिक रेकर्ड नभएको र परिवारले उनलाई मनोवैज्ञानिक समस्या भएको बताएका छन् । आक्रमणकारीलाई खुट्टामा गोली लागेको थियो र पक्राउ गरिएको थियो ।



24 Views

Comments