महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरूलाईं विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट

Bhugolpark

२ जेष्ठ, २०८१,१६:३९

आजै महालक्ष्मी विकास बैंक लि. को ग्राहक बन्नुहोस्, विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट लिनुहोस् !

असार ४, काडमाडौं । महालक्ष्मी विकास बैंक ली. ले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरूले विशालनगर, काठमाडौंमा अवस्थित Arogin Health Care का विभिन्न सेवाहरूमा ५% देखि अधिकतम ४५% (hair transplant & hair fall treatment), इटहरी, सुनसरीमा अवस्थित Hotel Pathibhara International का सेवाहरूमा १०%, मैतिदेवी काठमाडौंमा अवस्थित Buingal Lounge & Bar का सेवाहरूमा १५%, लाजिम्पाट, काठमाडौंमा अवस्थित Yellow Hatti  का सेवाहरूमा अधिकतम १०%, इटहरी ०६, सुनसरीमा अवस्थित Burger House & Crunchy Fried Chicken  का सेवाहरूमा अधिकतम १०% र मैतिदेवी, काठमाडौंमा अवस्थित Burger House & Crunchy Fried Chicken का सेवाहरुमा १०% को छुट प्राप्त गर्न सक्नेछन् ।

 यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरू संचालन गर्दै आएको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेडले विगत २८ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेकाले आजै महालक्ष्मी विकास बैंक लि. को ग्राहक बन्नुहोस्, विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट लिनुहोस् भन्ने भूगोल पार्क कामना गर्दछ ।



58 Views

Comments