‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीको स्पष्टोक्ति

Bhugolpark

२६ जेष्ठ, २०८०,१०:०४

स्पष्टीकरण चाहिन्छ भने पनि ठूलो कुरा होइनः जयशंकर

जेष्ठ २६, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साबारे छिमेकी मुलुकहरूले बुझिसकेको बताएका छन् ।

बिहीबार नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री जयशंकरले 'अखण्ड भारत' को नक्साबारे सरकारका प्रवक्ताले पनि स्पष्ट पारिसकेको बताउँदै छिमेकी मुलुकहरूले बुझिसकेकोमा आफू विश्वस्त रहेको बताए । 

जयशंकरले यस्ता विषयलाई राजनीतिक विषय बनाउन नहुने पनि बताए । 'मलाई लाग्दैन कि राजनीतिक विषय बन्नुपर्छ, हाम्रा छिमेकी देशहरू यस्ता कुरा बुझ्छन् । त्यसबारे स्पष्टीकरण चाहिन्छ भने पनि कुनै ठूलो कुरा होइन,' उनले भने । 

उनले नक्साकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएको समेत बताए भारतको नवनिर्मित संसद् भवनमा राखिएको उक्त भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा सडकदेखि संसदसम्म त्यसको विरोध भइरहेको छ।

भारतले संसद भवनमा 'अखण्ड भारत' को नक्सा राखेपछि काठमाडौं महानगरका मेयर बालेन शाहले पनि आफ्नो कार्यकक्षमा 'ग्रेटर नेपाल' को नक्सा राखेका छन्।

यो समाचार राससबाट साभार गरिएको हो ।



192 Views

Comments