आजै महालक्ष्मी विकास बैंक लि. को ग्राहक बन्नुहोस्, क्रेडिट कार्डको सेवा लिनुहोस् !
जेष्ठ १३, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडल नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको संस्था हो । महालक्ष्मी विकास बैंक लिमिटेडले विगत २८ वर्ष देखि नवरतरुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
यस महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकको २९औं वार्षिकोत्सवको अवसरमा VISA क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको छ । बैंकले हिजो मिति २०८० जेष्ठ १२ गते शुक्रबारदेखि औपचारिक रुपमा क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्री बोधराज देबकोटा ज्यूले बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच क्रेडिट कार्ड सेवाको समुद्घाटन गर्नुभएको हो । उहाँले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
क्रेडिट कार्ड प्रयोगकर्ताले Point of Sale (POS Machine), अनलाईन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने ATM बाट सजिलै नगद झिक्न, POS मार्फत भुक्तानी गर्न र वस्तु वा सेवाहरू खरिद गर्न सक्नेछन् । कार्ड मार्फत नगद झिक्दा, अनलाईन भुक्तानी गर्दा र वस्तु वा सेवाहरू खरिद गर्दा अधिकतम ४५ दिन सम्म व्याज नलाग्ने, क्रेडिट कार्ड सिमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरू क्रेडिट कार्ड सेवामा उपलब्ध छन् ।
भूगोल पार्कको तर्फबाट आजै महालक्ष्मी विकास बैंक लि. को ग्राहक बनेर क्रेडिट कार्डको सेवा लिनुहुन सविनय अनुरोध गर्दछौं ।
Comments