नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्धारा सार्वजनिक वाइफाईबाट डिजिटल कारोबार नगर्न अनुरोध

Bhugolpark

८ जेष्ठ, २०८०,१५:०२

जेष्ठ ८,काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई सूचना जारी गरेको छ ।

बैंकले सार्वजनिक वाइफाईबाट डिजिटल कारोबार नगर्न अनुरोध गरेको छ । बैंकले त्यस्ता खालको वाइफाईबाट डिजिटल कारोबार गर्दा ग्राहकहरूको गोप्य सूचना चोरी हुन सक्ने सम्भावना भएकोले मोबाइल बैकिङ्ग तथा अन्य अनलाइन कारोबार गर्दा सकेसम्म सार्वजनिक वाइफाइको प्रयोन नगर्न भनेको हो ।

बैंकले डिजिटन भुक्तानी तथा कारोबार सम्बन्धी सचेतनाका लागि आफ्ना ग्राहकहरूलाई यस्ता खालका जोखिमबाट सचेत हुन आग्रह गरेको हो । सार्वजनिक स्थलहरुमा वल्र्डलिङ्कले आफ्ना प्रयोगकर्ताहरूको सहजताका लागि फ्रि–वाइफाईको व्यवस्था गरेको छ । यसरी सार्वजनिक वाइफाई प्रयोग गरी डिजिटल कारोबार गर्दा आफ्नो गोप्य सूचना जस्तै, ओटिपी कोड, पासवर्ड जस्ता चिजहरू ह्याक हुन सक्ने सम्भावना बढ्ने भएकोले बैंकले त्यस्ता वाइफाईको माध्यमबाट डिजिटल कारोबार नगर्न अनुरोध गरेको हो ।

भूगोल पार्कले लामो समयदेखि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ‘सबैका लागि, सधैंका लागि’ भन्ने नाराकासाथ विगत लामो समयदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएकोले यो बैंक नेपालीहरूको मनमा बस्न सफल भएको हो । यो बैंक नेपाल सरकारबाट ‘क’ श्रेणीको मान्यता पाएका ठुला बैंकहरूमध्येका हुन् ।

ग्राहकहरूको डिजिटन भुक्तानी तथा कारोबार जोखिमलाई ध्यान दिदै जरुरी सूचना दिनुले बैंक सदैब ग्राहकहरूप्रति समर्पित भएर काम गरेको सर्वविधितै छ । तसर्थ नेपालकै अग्रणी स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमानै खाता खोली जोखिमबाट बच्न हार्दिक अनुरोध गर्दछौं ।



118 Views

Comments