जेष्ठ ४,काठमाडौं । आज ११ बजेबस्ने भनिएको प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे सुरु भएको थियो । आज प्रतिनिधिसभाको बैठकमा १५ भन्दा बढी सदस्यले प्रश्न सोध्न नाम टिपाएकाले क-कसलाई बोल्न दिने भन्ने विषयमा विवाद भएपछि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दहालबीच भेटवार्ता भएको थियो ।
तत्पश्चात प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसद रमेश लेखकले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम राख्नुभएको नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको बताउनुभयो ।
प्रस्ताव अनुसार सभाको आजको बैठकमा १५ भन्दा बढी सदस्यले प्रश्न सोध्न सक्ने जनाइएको छ । पन्ध्र जनाभन्दा बढी सदस्यले प्रश्न गर्ने व्यवस्था बमोजिम समयले नभ्याइने भएकाले नियमावलीमा यस्तो व्यवस्था गरिएको थियो । आजको बैठकमा धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन गरिएको हो ।
प्रस्तावको समर्थन सांसद महेश बर्तौला र सन्तोष परियाले गर्नुभएको थियो ।
नेपालमा पहिलो पटक प्रश्नकर्ता सांसदहरूले उठाएको जनसरोकारका जल्दोबल्दो समस्याको जवाफ रोष्टममा उभिएर एक-एक जनाको उत्तर दिने थालनीको प्रधानमन्त्रीले गरेकोमा भूगोल पार्क मुक्त कण्ठले प्रशंसा गर्दै प्रश्नकर्ता सांसदहरूले उठाएको जनसरोकारका जल्दोबल्दो समस्याको निराकरणसमेत प्रचण्डको सरकारले गरेको हेर्न चाहान्छ ।
Comments