तेहरान, २ जेष्ठ, (रासस-सिन्ह्वा)
इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबार तुर्किको राष्ट्रपति र संसदीय निर्वाचनमा भएको उच्च मतदानलाई "लोकतन्त्रको विजयको सङ्केत" भएको बताउँनु भएको छ। आइतबारको चुनावमा टर्किका नागरिकहरूको व्यापक सहभागितामा बारे टिप्पणी गर्दै मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा कनानीले सो टिप्पणी गर्नु भएको हो ।
उहाँले टर्कीका जनता, निर्वाचनका आयोजकहरू, नेताहरू र राजनीतिक दलहरूलाई मतदानको सफल आयोजना गरी लोकतान्त्रिक गतिविधिको सुदृण पार्दै "लोकतन्त्रको विजय" गराएकामा बधाइ दिनुभएको छ । तुर्किको पहिलो चरणको राष्ट्रपतिय र संसदीय चुनावमा मतदान गर्न लगभग ६ करोड मतदाताहरू दर्ता भएका छन्। विदेशमा रहेका करिब ३५ लाख मतदातालाई अग्रिम भोट हाल्न आह्वान गरिएको छ । झण्डै ८० प्रतिशत बढी मतदान भएको थियो ।
Comments