आजै मनकामना केबुलकारमा यात्र गरी मनकामना माईको दर्शन गरी मनोवान्छित फल पाउँनुहोस् ।
कोभिडपश्चात बैशाखमा १,२६,३३८ ले यात्रा गरे ।
जेष्ठ १, काठमाडौं । मनकामना केबुलकारमा २०८० बैशाख महिनामा कोभिडपश्चात सबैभन्दा बढी यात्रुहरूले मनकामना यात्रा गरेका छन् । बैशाख महिनामा कुल १,२६,३३८ यात्रुहरूले यात्रा गरेको र दैनिक औसत यात्रु ४००० भन्दा बढी रहेको कम्पनीले जानकारी दिएको छ।
यस आवमा बैशाख महिनासम्म करिब ८,७०,००० यात्रुहरूलाई सेवा प्रदान गरिसकेको र आषाढसम्म १०.५० लाख यात्रु लाई सेवा दिने लक्ष्य रहेको छ।
बैशाखसम्म कुल यात्रुमध्ये नपाली ७१.१७ प्रतिशत, (६,१९,३७३) र भारतीय २४.१० प्रतिशत (२०९,७४३) रहेका छन् । भारतीय पर्यटकको ऊल्लेखनीय वृद्धि भएको पनि कम्पनीले उल्लेख गरेको छ।
नेपालकै पहिलो मनकामना केबुलकारले करोडौँ पर्यटक एवं श्रद्धालु भक्तजन महानुभावहरूलाई सेवा प्रदान गर्दै अर्थोपार्जन गर्दै आएको छैन ।
गोर्खा मनकामना मन्दिर जानको लागि पहिला-पहिला कुरिन टारबाट घण्टै पटेर लाग्दो उकालो चढेर जानु पर्ने वाध्यता थियो । सो वेला बालबालिका र बृद्धाबृद्धीहरू कसैको बुइ चढेर जानुपर्ने भएकाले आर्थिक दृष्टिकोणले पनि खर्चिलो र बास बस्दै जानुपर्ने भएकाले धेरै समय लाग्थ्यो । सोही कुरालाईं दृष्टिगत गरी मनकामना केबुलकार साढे दुई दशकअघि स्थापना भएको थियो। मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालकै पहिलो मनकामना केबुलकारले करोडौँ पर्यटक एवं श्रद्धालु भक्तजन महानुभावहरूलाई सेवा प्रदानका साथै अर्थोपार्जनसमेत गर्दै आएको छ ।
Comments