राष्ट्रपति पुटिनद्वारा जर्जियामा भिसा र उडान प्रतिबन्ध हटाउने आदेशमा हस्ताक्षर

Bhugolpark

२८ बैशाख, २०८०,१५:५६

मस्को, २८ वैशाख, (रासस-सिन्ह्वा)

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार भिसा प्रतिबन्ध र जर्जियामा उडान प्रतिबन्ध हटाउन दुईवटा आदेशमा हस्ताक्षर गरेका गर्नु भएको छ । सो आदेशअनुसार जर्जियाली नागरिकहरूलाई सन् २०२३ मे १५ देखि ९० दिनको अवधिका लागि भिसाविना नै रुसमा प्रवेश गर्न अनुमति दिइनेछ। यो रोजगारीका लागि रूस जान चाहने जर्जियाली नागरिकहरूमा भने लागू हुनेछैन । त्यसैगरी अर्को आदेशमा राष्ट्रपतिले रुसबाट जर्जियाको सीधा उडानहरूमा पूर्व प्रतिबन्ध हटाउने विषय संलग्न छ जुन सन् २०१९ जुलाई ८ मा लागू भएको थियो । राष्ट्रपति पुटिनले दुई देश बीच बढेको तनावका कारण रुससबाट जर्जियाको यात्रु उडानहरू अनिश्चितकालका लागि निलम्बन गर्ने आदेश दिइएको थियो


115 Views

Comments