पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

Bhugolpark

२७ बैशाख, २०८०,१०:४३

२७ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका हेभी वइटका नताहरू एकपछि अर्को पक्राउँहुने क्रम जारी छ । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमै राख्ने भनेबारे निर्णय लिने बताए ।

यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

केही दिन पहिले रास्वपाले प्रधानमन्त्री प्रचण्डलाईं दिएको समर्थन फिर्ता लिएको थियो । जसले गर्दा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत ३० दिन भित्र संसदबाट विश्वसको मत लिनुपर्ने संवैधानिक वाध्यता रहेको वर्तमान परिपेक्षमा झन नक्कली भुटानी शरणार्थी प्रकरणमानै नेपाली कांग्रेसका नेतृ आरजु देउवा पनि मुछिएकीले एवं नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेकाले गर्दा कतै प्रधानमन्त्री प्रचण्डसँग रुष्ट बनेर उनलाईं दिएको समर्थन फिर्ता लिने त हैन भन्ने कुरा केही सञ्चार माध्यममा र बजारमा एत्रतत्र सरवत्र हल्ला फैलिएको छ  ।


297 Views

Comments